पढाई संगसंगै अभ्यासको पनि आवश्यक हुनुपर्दछ ः डा. पराजुली




दिपक वली

गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भएको विद्यार्थि प्रशिक्षण कार्यक्रममा साहित्यकार तथा वाल मनो विज्ञ डा. लोकराज पराजुलीले शिक्षण सिकाई कृयाकलापमा पढाई संगसंगै अभ्यासपनि आवश्यक रहेको बताउनुभयो ।

विद्यालयको प्राथना तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले यस्तो बताउनुभएको हो । प्रमुख प्रशिक्षकका रुपमा समेत रहनुभएका डा. पराजुलीले विद्यार्थिहरुलाई दाँया र बायाँ दुबै हातले बोर्डमा लेखाउदै अभ्यास जरुरी रहेको बताउनुभयो ।

जुन कुराको नियमित अभ्यास हुन्छ त्यसै कुराको ज्ञान बढि हुने भएकाले नियमित अभ्यास गर्न विद्यार्थिहरुलाई सुझाव समेत दिनुभएको थियो ।साथै चाविले खुल्ने ताला र तोडफोड गरेर खोलेको तालाको डेमो देखाउदै अध्ययणको शिलसिलामा चिट चोर्नु देखावटि मात्र हुने बताउनुभएको थियो ।

तोडफोड गरेको ताला र चिट चोरेको नतिजा एउटै भएको र यसरी प्राप्त गरेको कुरा अर्कोपटक काम नलाग्ने समेत उँहाले तर्क प्रस्तुत गर्नुभएको थियो। उँहाले यसरी भएको उतिर्ण केवल कागजमा मात्र हुनेहुदा गुरुकुल एकेडेमीले प्रदाण गर्ने शिक्षानै उत्तम रहेको बताउनुभयो । गुरुकुल एकेडेमीले शिक्षा , संस्कार र संस्कृतिको त्रिवेणि भन्ने मुल मन्त्रलाई शिरोपर गर्दै सोहि अनुसार घोकन्ते विद्या नभएर सैद्धान्तिक संगै ब्यबहारीक शिक्षा प्रदान गर्ने गरेको भन्दै यस्तो शिक्षाले वास्तविक महत्व देखाउने बताउनुभएको थियो ।

प्रत्येक महिनाको पहिलो दिन गुरुकुल एकेडेमीले सांस्कृतिक पोसाक पहिरीने र एक जना सम्बन्धित विषयका बिज्ञ प्रशिक्षकहरुलाई लिएर विद्यार्थिहरुलाई प्रशिक्षण प्रदान गर्ने गरेको विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले जानकारी दिनुभयो ।

गुरुकुल एकेडेमी घोराही लमहि र तुलसिपुर गरी तिनै वटा विद्यालयमा सांस्कृतिक पोसाक तथा प्रशिक्षण कार्यक्रममो आयोजना गरीएको थियो । विद्यालयको यिमित क्यालेन्डर अनुसार यो कार्यक्रमको आयोजना गरीएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्