दाङको तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ३ बल्लेमा आगलागी भएको छ । भुवन थापाको खरले छाएको कच्ची घरगोठमा मंगलबार साँझ ६ बजेतिर अचानक आगलागी भएको हाे ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाका अनुसार आगलागी हुँदा एउटा गोरु जलेर मरेको छ भने दुई वटा गोरु र चारवटा गाई घाइते भएका छन् । घरमा रहेको अन्नपात, लत्ताकपडा पूर्ण रूपमा नष्ट भएको छ ।
आगलागीबाट करिब २ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीको विस्तृत कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार

