पब्लिक ज्ञानज्योति कलेजमा स्नातक तहमा बिबिए र बीएसआइटी कक्षा सञ्चालन हुने



तुलसीपुरमा रहेको पब्लिक ज्ञानज्योति कलेजमा शैक्षिक क्षत्र २०८१ देखि स्नातक तहमा बिबिए र बीएसआइटी कक्षा सञ्चालन हुने भएको छ। व्यवस्थापन संकाय तर्फ बिबिए र आइटी इन्जिनियरिङ तर्फ बीएसआइटी कक्षा सञ्चालन हुने कलेजले जनाएको छ । आईतवार पत्रकार सम्मेलनको आयोजना गरि क्याम्पसले यस वर्षदेखि थप दुई विषयमा अध्ययन अध्यापन गराउन लागिएको जानकारी गराइएको हो।

ज्ञानज्योति एजुकेसन फाउन्डेसनका सीइओ सुरेन्द्र जिसीका अनुशार विद्यार्थीहरूको अत्याधिक मागलाई ध्यानमा राखेर शैक्षिक सत्र २०८१ देखि स्नातक तहमा बिबिए र बिएसआइटी कक्षा सञ्चालन गर्न लागिएको छ । विज्ञान र प्रविधिको युगमा भिएसआइटी विषय विद्यार्थीहरूको लागि महत्त्वपूर्ण रहेकाले उक्त विषय तुलसीपुरमै सञ्चालन गर्न लागिएको हो। सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएसँगै कलेजले यी दुई विषयहरु थप गरी कक्षा सञ्चालन गर्न लागेको हो। बीबीएतर्फ ९९औ वटा सिट रहेका छन् भने बिएसआइटीतर्फ ४२ वटा सिट रहेका छन्। तुलसीपुर क्षेत्रमै पहिलोपटक बिबिए र बिएसआइटी कक्षा सञ्चालन गर्न लागिएको छ ।
सरकारी क्याम्पसहरूले लिँदै आएको शुल्क अनुसार नै क्याम्पसले अध्ययन शुल्क निर्धारण गर्नेछ। जिसीका अनुसार दुवै विषयको समयावधि चार वर्षे रहनेछ भने आठवटा सेमेस्टरमा अध्ययन गराइनेछ। क्याम्पसले विभिन्न विधामा छात्रवृत्ति समेत उपलब्ध गराउनेछ।

दुवै विषय पढ्नका लागि कम्तीमा सी ग्रेट ल्याउनुपर्ने क्याम्पसले जनाएको छ। बिबिए र बीएसआइटी कक्षा सञ्चालनका लागि १२ वर्षदेखिको निरन्तर प्रयासपछि यस वर्ष अनुमति प्राप्त गरेको सिइओ जीसीले बताउनुभयो । क्याम्पस समग्र शिक्षा क्षेत्रको सामूहिक सम्पत्ति रहेकाले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्य सहित सेवा क्षेत्रलाई विस्तार गर्दै लगिएको बताउँदै अहिले क्याम्पसमा तीन हजार बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने देशका उत्कृष्ट ७ भित्र क्याम्पस पढ्न सफल भएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतीथी दुर्गालाल केसीले ज्ञानज्योति एजुकेसन फाउन्डेसनले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो। विज्ञान र प्रविधिको युगमा बिबिए र बिएसाइटी जस्ता कक्षा तुलसीपुरमै सञ्चालन हुनु गौरवको विषय भएको उहाले बताउँनुभयो।

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सन्तोष केसीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८१ साउन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्