प्रेस चौतारीले दश वटै पालिकामा प्रशिक्षण चलाउने



No description available.

प्रेस चौतारी दाङले जिल्लाका दशैपालिकामा प्रशिक्षण चलाउने भएको छ । नेकपा एमाले प्रचार विभाग दाङ र प्रेस चौतारी दाङको मंगलवार घोराहिमा भएको भेलाले फागुन १९ र २० मा जिल्लाका दशैपालिकामा प्रशिक्षण चलाउने निर्णय गरेको हो ।

पार्टीले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानसँगै चौतारीले प्रशिक्षण र भेला थालेको चौतारी दाङका सचिव किरण गौतमले जानकारी दिनुभयो । भेला तथा प्रशिक्षणको लागि चौतारीका विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी समेत दिएको छ । पार्टीले जिल्लामा फागुन ९ देखि जिल्लाा पार्टी सुदृढिकरण र विस्तारको लागि ग्रास रुट अभियान चलाएको छ ।

भेलामा एमाले दाङका उपाध्यक्ष राममणि पाण्डेले पार्टीले जिल्लामाभर ग्रास रुट अभियान थालेको बताउनुभयो । ‘अभियानले पार्टीलाई थप व्यवस्थित र जनताप्रति एमालेको भरोसा जगाएको छ’ उपाध्यक्ष पाण्डेले भन्नुभयो ‘अभियानलाई थप प्रभावकारी बनाउन यहाँहरुको भूमिका पार्टीले खोजेको छ । ’

भेलामा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले पार्टीले सञ्चालन गरेको अभियानलाई सफल बनाउने दायित्व सवैको भएको भन्दै खट्न सवैलाई निर्देशन दिनुभयो । ‘प्रचार विभाग र चौतारीसँग पार्टीले धेरै अपेक्षा गरेको छ । पार्टीले गरेका हरेक गतिविधि र अभियानलाई मिडियासँग जोडने काम यहाँहरुको हो’ सचिव बुढाथोकीले भन्नुभयो । ‘ त्यसको लागि यहाँहरुको उर्जा पार्टीले खोजेको छ ।’ विगतमा पार्टीले चलाएका अभियानमा पनि यहाँहरुको भूमिका भएको भन्दै पार्टीले थालेको यो महान अभियानमा त्यतिकै भूमिका खेल्न निर्देशन दिनुभयो ।

‘जिल्लाका दश पालिकामा पालिकास्तरीय अभियानको पहिलो चरण सकिएको छ । अव वडा र टोलसम्मका अभियान भैराखेका छन । ति अभियानका गतिविधि मिडियासम्म कम भएको पार्टीले महसुस गरेको छ’ उहाले भन्नुभयो ‘ त्यसको लागि भेलाबाट विशेष योजना बनाएर कामको जिम्मेवारी लिनुस’ उहाले भन्नुभयो ।

No description available.

एमाले प्रचार विभाग दाङका प्रमुख सविन प्रियाशनको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य शरद अधिकारी, चौतारी लुम्बिनी प्रदेश कमिटि सहइन्चार्ज टीका बस्नेत, दाङ इन्चार्ज गणेश आचार्य, सहइन्चार्ज रीता लामा, केन्द्रीय सदस्य सन्तोष गुमार गुप्ता, चौतारी लुम्बिनी कमिटि उपाध्यक्ष दशरथ घिमिरे, कोषाध्यक्ष ओपेन्द्र बस्नेत, प्रदेश कमिटि सदस्य छवि पुरी, ओमप्रकाश गुप्ता, चौतारी दाङका सल्लाहकार जे एन सागर, महिला विभाग प्रमुख दिप्तीशिखा चौधरी लगायतले सुझाव सहित विचार राख्नुभएको थियो । एमाले प्रचार विभाग दाङका उपप्रमुख संगीत बस्यालको स्वागत मनतव्यवाट सुरु भएको भेलाको सहजीकरण चौतारी दाङका अध्यक्ष इन्द्र डि.सीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्