दाङमा बस दुर्घटना, २१ जना घाइते



दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।शुक्रबार बिहान गढवा गाउँपालिकाको चिसापानीमा दुर्घटना हुँदा २१ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।

भारतको लखनउबाट पोखरा भ्रमणका लागि जाँदै गरेको युपी ३२ एमएन ९५६६ नम्बरको भारतीय गाडी दुर्घटना भएको हाे । दुर्घटनामा घाइते भएकाहरु सबै पुरुष भएको प्रहरीले जनाएको छ ।

प्रहरी भर्खर घटनास्थल पुगेको छ । घाइतेमध्ये चोट लागेका चार जनालाई उद्दार गरी अस्पतालतर्फ लगिएको जनाएको छ ।

घाइतेको उद्धार हुने क्रम जारी रहेको छ । बस दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्