विवाह बन्धनमा बाधिदै निता र हरिहर,विहे असार २४ गते



 

‘ह्रस्वदीर्घ’मार्फत चलचित्र निर्माणमा डेब्यू गर्न लागेकी अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले विवाह गर्ने भएका छन् ।

चार वर्ष लामो प्रेमसम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन् । निता र हरिरहबीच आगामी शुक्रबार (असार २४) गते विवाह हुने तय भएको छ ।

उनीहरूले आधिकारिक रूपमा विवाहबारे सार्वजनिक नगरेपनि निम्तो दिन थालिसकेका छन् । आइतबार उनीहरूको विवाहको कार्ड सार्वजनिक भएको छ ।

कार्डमा उल्लेख भएअनुसार असार २४ गते बिहान १० बजेदेखि विवाह समारोह सुरु हुने छ । उनीहरूको विवाह समारोह हिन्दु परम्पराअनुसार दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजना हुँदै छ ।

अर्कोदिन सोही होटलमा रिसेप्सन पार्टी राखिएको छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्