बुटवल इजलासकी न्यायाधीश रेणुका शाह बर्खास्त



फाइल।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका शाहलाई न्यायपरिषदले बर्खास्त गरेको छ।

शुक्रबार बसेको न्यायपरिषदको बैठकले शाहलाई अयोग्यता लुकाएको आरोपमा बर्खास्त गरेको हो।

न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले शाहले छानबिनबाट अयोग्यता लुकाएको प्रमाणित भएकोले न्यायपरिषद् ऐनको दफा २५ अनुसार बर्खास्त गरिएको बताए।

उच्च अदालतको न्यायाधीश हुनलाई कानुनमा स्नातक पास गरी कम्तीमा १० वर्ष वकालत हुनुपर्नेछ।

०७५ चैत १९ मा उनलाई नियुक्ति गरिएको थियो। नियुक्ति हुनुअघि उनले आफ्नो प्रमाणपत्र पेस गरेकी थिइन्। तर छानबिनको क्रममा उक्त प्रमाणपत्र झूटो ठहरियो।

शाह पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद शाहकी छोरी हुन्।

उनकै जोडबलमा उनलाई न्यायाधीश बनाएको भन्दै उनको नियुक्तिको विरोध समेत भएको थियो।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्