दाङ को बंगलाचुली मा चट्याङ लागेर दुई जना घाईते



दाङमा चट्याङ लागेर ३ जना घाइते, २ वटा राँगा मरे

दाङमा चट्याङ लागेर दुई जना घाईते भएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को दमदमेमा चट्याङ लागेर एकै घरका २ जना घाईते भएका हुन् । चट्याङ लागेर बंगलाचुली गाउँपालिका वडा नम्वर ५ दमदमेका २७ वर्षिया तुलसी वली र १२ वर्षिया वर्षा वली घाईते भएको स्थानिय मान बहादुर वलीले जानकारी दिनुभयो ।

घाईते दुबै जनालाई उपचारका लागि राप्ति स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा लागिएको छ । चट्याङले घरमा समेत क्षतीसमेत पुगेको छ । चट्याङ लागेर घरका अन्य सदस्यहरु समेत वेहोस भएको तर अहिले उहाँहरु होसमा आएको र स्वास्थ्य अवस्था सामन्य रहेको परिवारले जनाएको छ ।

यस्तै बंगलाचुली गाउँपालिका वडा नम्बर ६ सुकिदह निवासी भिम बहादुर जिसीको घर र बंगलाचुली गाउँपालिका वडा नम्वर ५ तल्लोमुर्कुटी निवासी शिरुमणी वलीको घरमा पनि चट्याङ परेको छ । चट्याङ लागेर घरमा सामान्य क्षती पुगेको छ ।

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्