राजनीतीक आस्थाका कारण करार कर्मचारी हटाईएको भन्दै आपत्ती



May be an image of text that says 'संयूक्त प्रेस विज्ञप्ती दंगीशरण गाउंपालिकाले पालिका अन्तरगत कार्यरत ३ जना करार कर्मचारीहरु (संजय धिताल-अ.हे.व., भौनी चौधरी-कार्यालय सहयोगी, प्राथमिक स्वास्थ्य केन्द्र वागर डाइभर-मित्र कुसुम्या, दंगीशरण गाउपालिका) लाई विना कारण राजनैतिक आश्थार प्रतिशोधका आधारमा अवकास गरिएको निर्णय प्रति हाम्रो असहमती रहेको व्यहोरा जानकारी गराउदद यदि गाउंपालिकाले उक्त तुटिपुर्ण निर्णय यथासक्य नसच्याए जनस्तरवाटै चरणवद्द आन्दोलनका विरोध कार्यक्रमहरु सन्चालन हुने त्यसको सामना गर्न तयार रहन गाउंपालिकालाई सचेत गराउदछौ। भागीराम 게나 चौधरी पा. एमाले, दंगिशरण जलवंधधી मनीराम चौधरी (जेहेन्दार) अध्यक्ष- ने. पा (माओवादी केन्द्र), दंगिशरण Vann रेशम वहादूर वली अध्यक्ष- ने.क.पा. एमाले, दंगिशरण An의 विर वहादूर वली उपाध्यक्ष- क.पा (माओवादी केन्द्र), दंगिशरण'

राजनीतीक आस्थाका कारण करार कर्मचारीहरुलाई हटाईएको भन्दै नेकपा एमाले र नेकपा माओबादि दंगीशरणले विरोध जनाएको छ । दंगीशरण गाउँपालिका अन्र्तगत विभीन्न पदमा कार्यरत तीन जना करार कर्मचारीहरु हटाईएको भन्दै विरोध जनाएको हो । आफनो क्षेत्रमा जिम्मेवारीपूर्वक काम गर्दै आएका करार कर्मचारीहरुलाई राजनीतीक आस्था र प्रतिशोधका कारण अवकाश दिनु निन्दनीय भएको ठहर गर्दै आपत्ती जनाएको छ । आज मंगलबार दंगीशरण गाउँपालिका श्रीगाउँमा बसेको बैठकले एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको हो ।

नेकपा एमाले दंगीशरण ईञ्चार्ज भागिराम चौधरी, नेकपा एमाले दंगीशरण अध्यक्ष रेशम बहादुर वली, नेकपा माओवादि केन्द्र दंगीशरण अध्यक्ष मनीराम चौधरी जेहेन्दार र नेकपा माओवादि केन्द्र दंगीशरण उपाध्यक्ष विर बहादुर वली द्धारा संयुक्त रुपमा हस्ताक्षरीत विज्ञप्ती मार्फत आपत्ती जनाईएको छ । गाउँपालिकाले उक्त निर्णय नसच्याईए जनस्तरबाट चरणबद्ध आन्दोलन तथा विरोध कार्यक्रम अगाडि बढाउँने र उक्त कार्यक्रमको सामना गर्न गाउँपालिका सचेत हुन विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।

नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधि वडा न. ७ का वडा अध्यक्ष रेशम बहादुर वलीका अनुशार दंगीशरण गाउँपालिकामा यहि असार ३० गते बसेको कार्यपालिका बैठकमा ती तीन जना करार कर्मचारीलाई अवकाश दिने प्रश्ताव पेश  गरेपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतीनीधिहरुले अवकाश दिने प्रश्तावलाई अस्वीकार गरेपनि केहि समयपछि ती कर्मचारीहरुलाई अवकास पत्र दिइएको थियो ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्