पत्रकारहरुलाई एक दीने कानुन सम्बन्धी तालिम



No description available.

दाङ जिल्लामा क्रियाशील पत्रकारहरुलाई कानुन सम्बन्धी तालिम सञ्चालन गरिएको छ । भिम धर्म फाउण्डेशन र चैतन्य लिगल सर्भिस एण्ड रिसर्च सेन्टर काठमाडौँको आयोजना एवं नेपाल पत्रकार महासंघ दाङ शाखाको संयोजनमा पत्रकारहरुका लागि कानुन सम्बन्धी एक दिवसीय आधारभूत तालिम बिहीबार घोराहीमा सञ्चालन गरिएको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतमा भएको कार्यक्रममा पत्रकारहरुलाई नेपालको कानुन, कानुनका प्रकार, मुद्दा, अपराध, रिट कार्यविधि तथा न्याय
प्रणाली र व्यावसायिक कानुनका बारेमा अधिवक्ता निकेश कुमार लम्सालले जानकारी गराएका थिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आरके शितलको स्वागत मन्तव्यबाट सुरु भएको तालिमको सहजिकरण पत्रकार उदय विसीले गरेकाहुन् । तालिममा जिल्लामा क्रियाशील विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत करिव २० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।।

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्