
दाङको लमहीमा शनिबार दिउँसो जुनतारा सुनचाँदी पसलमा गोली प्रहार भएको छ। मोटरसाइकलमा आएका व्यक्तिले पसल खोल्न लगाई भित्र प्रवेश गरेपछि केही बेरमै गोली चलेको प्रहरीले जानकारी दिएको छ।
गोली चलेलगत्तै एक व्यक्ति बाहिर निस्कँदै ‘चोर–चोर’ भन्दै कराएपछि स्थानीयमा त्रास फैलिएको थियो। उक्त व्यक्ति घाइते भएको प्रारम्भिक जानकारी भएको छ।
सुनपसलबाट कुनै गहना लुटिन सफल नभएको प्रहरीले जनाएको छ। गोली चलाउने व्यक्ति भने घटनास्थलमै मोटरसाइकल छोडेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान तीव्रगति साथ अगाडि बढाएको र संलग्न व्यक्तिको खोजी जारी राखेको जनाएको छ।
प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शनिवार

