एका विहानै सबैको हात हातमा विरुवा थिए । हातमा विरुवा लिएर वजारभरी छरीएका समाज परिवर्तन गर्ने समाज अभियान्ताहरु कोहि खाल्टो खन्दै थिए । कोहिले विरुवा रोप्दै गरेको दृष्य देखिन्थ्यो । कोहि ब्यानर समाएर वजार हिडिरहेको देखिन्थयो । देख्दा लाग्थ्यो कुनै दिवस हो या पर्व । तर केहि थिएन । बजारलाई सौन्दर्ययुक्त बनाउँन सबै आ आफनो ठाउँबाट जुटेका थिए ।
पारिवारिक निजिबन,रोटरी क्लव अफ तुलसीपुर सिटी,लायन्स क्लव अफ दाङ,तुलसीपुर नगर जेसिज,लियो क्लव अफ तुलसीपुर,नेपाल आर्मी, सशस्त्र प्रहरी,नेपाल प्रहरी,नागरिक समाज,अधिकारकर्मी,उद्योगी व्यवसायी,शान्ति समाज, शिक्षक,पत्रकार, लगाएत विभिन्न सघं सस्थाका प्रतिनिधिहरुको भेट थियो त्यो सामाजीक कार्यमा । सबै आ आफनो ठाउँबाट शुन्दर कार्यमा हातेमालो गर्नुपर्छ भन्ने सन्देश थियो त्यो ।
आज सोमवार तुलसीपुर बजारमा विभीन्न प्रजातीका विरुवाहरु रोपिएको छ । वातावरण स्वच्छ र हराभरा बनाउँनका लागि आज बाट बृक्षारोपण कार्यक्रममा थालीएको हो ।
त्यस अवसरमा ३ सय ५० बढी रुख धुपी, छतिवन, कपुर, फनेक्स पाम, गुलमोहर, निम, फल्ची लगाएतका फुल्ने विरुवाहरु रोपिएको हो । तुससीपुर उद्योग वाणिज्य सघंको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका,तुलसीपुर वडा नं। ५ र ग्रिन फाउन्डेशन नेपाल तुलसीपुरको समन्वयमा तुलसीपुर बजारका विभिन्न स्थानहरुमा बिरुवाहरु रोपिएको हो । आज पहिलो दिन उपमहानगरपालिका र विभिन्न सघंसस्थाको सहकार्यमा ३ सय ५० बिरुवा रोपिएको छ । बृक्षारोपण कार्यक्रममा ग्रिन फाउन्डेशन तुलसीपुरले विभिन्न प्रजातिका बिरुवाहरु उपलब्ध गराएको हो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले तुलसीपुर बजार क्षेत्रलाई स्वच्छ र सुन्दर वनाउन सबैको उत्तरदायित्व रहेको भन्दै सहकार्य बाट नै हरेक काम सफल हुने बताउँनुभयो । तुलसीपुर बजार पश्चिम क्षेत्रकै शुन्दर र सभ्य बजारका रुपमा परिचित र स्थापित गराउँन आवश्यक रहेको बताउँनुभयो । यसमा नगरवासी स्वयम सभ्य नागरीकको परिचय दिनुपर्ने बताउँनुभयो । विरुवा रोप्ने मात्र नभई यसको संरक्षण पनि आम नागरीक गर्नुपर्ने बताउँनुभयो ।
सो अवसरमा उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले सुन्दर सहरका रुपमा परिचित गर्न बृक्षारोपण कार्यक्रमलाई साउन महिना भरि नै अभियानको रुपमा सञ्चालन गर्ने बताउँनुभयो । यो अभियानलाई महिना भरि सञ्चालन गरि ७ सय ५० बिरुवा रोप्ने योजनामा रहेको उहाँले बताउँनुभयो ।