दाङमा करेन्ट लागेर एक जनाको मृत्यु



करेन्ट लागेर बालिकाको मृत्यु – Nepal Press

तुलसीपुरमा एक करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिका बस्ने २८ वर्षीय महेश विकको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका ५ बिद्युत कार्यालय नजिकै क्यु डाई कन्सलटेन्सी प्रालिले बिज्ञापन बोर्ड हटाई नयाँ बोर्ड राख्ने क्रममा उक्त बोर्डको फलामले बिद्युतको तारमा छोई करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्