दंगीशरण गाउँपालिकाको वडा न ६ मा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पालिकाले आर्थिक बर्ष २०७९ र ८० को बार्षिक कार्यक्रमहरुको समिक्षा तथा वडा कार्यालयरुको सेवा प्रवाह सम्बन्धि जनताको राय सुझाब तथा गुणासो सुनि जनताको प्रस्नको जबाफ दिन वडा वडामा सार्बजनिक सुनुवाइ कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा उपस्थित सहभागीहरुले स्वास्थ्य सस्था,बिधालय,तथा वडा अध्यक्ष प्रती आफ्ना गुणासा तथा सल्लाह सुझावहरु राखेका थिए । सहभागीले गुणस्तरीय शिक्षा र महिला सहभागीतामुलक कार्यक्रम र कृषि तर्फ किसानको हित हुने किसिमका योजना हरु ल्याउन आग्रह गरेका थिए। वडा न ६ का प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सस्था, बिधालय,वडा कार्यालयका प्रतीनिधिहरुले उठेका प्रस्नहरुको जबाफ दिएका थिए। ।
विभीन्न सवालहरुको जवाफ दिदै वडा अध्यक्ष शाहले आफुले जनताले महसुस गर्ने गरी वडा लाइ समृद्ध बनाउने सवालमा लागीपरेको बताउनुभयो । सुचना प्रवाहको सवाल देखी योजना गुणस्तरीयसम्म आफु खटिएर लागेको बताउदै शाहले आफुले भौतीक पुर्वाधारको विकासलाइ मात्र विकास नठानि आगामि बजेटमा मानविय विकास हुने किसिमका कार्यक्रमलाइ अगाडी सारीने बताउनुभयो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस सयोजक प्रमोद आचार्यले गर्नुभयको थियो। वडा न ६ को कार्यालयमा वडा अध्यक्ष रोशन जंग शाहको अध्यक्षतामा सार्बजनिक सुनुवाइ सम्पन्न भएको हो।
यसैबिच,वडा न ५ मा सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ । वडा न ५ को कार्यालयमा वडा अध्यक्ष निरज बस्नेतको अध्यक्षतामा सार्बजनिक सुनुवाइ सम्पन्न भएको हो। सुनुवाई कार्यक्रममा सहभागिहरुले वडा न. ५ मा खाने पानी र सिचाईको समस्याले वडाबासीहरु आजीत भएको बताएका थिए । यसको समाधानका लागि वडा मात्र नभई गाउँपालिका गम्भीर सोच्न आग्रह गरेका थिए । वडाको विकासका लागि जनताहरु सधै साथमा रहने भन्दै समाधानका बाटाहरु खोज्न पालीका गम्भीर हुनुपर्ने उनीहरुको धारणा थियो ।वडा अध्यक्ष वस्नेतले आफु जनताहरुको सेवा गर्नका निमीक्त जनप्रतीनिधि भएर आएको भन्दै वडाको विकासका लागि सधै तत्पर रहेर काम गर्ने विश्वास ब्यक्त गर्नुभएको थियो । हामी विकास गर्छौँ विभीन्न सरोकारवाला निकायहरु एक भएर लाग्नु पर्छ अध्यक्ष वस्नेतले भन्नुभयो ।
वडाहरुको सुनुवाई पश्चात पालिकाले वडा वडामा पुगी २४ गते पालिका स्तरीय बृहत सार्बजनिक सुनुवाइ गर्ने पालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिनुभयो । यसअघि वडा न. १, २, ३ र ४ मा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भइसकेका छन् ।