दंगीशरण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले “समुन्नत दंगीशरणको आधार, कृषि पेशामा सुधार“ भन्ने मूल अभिप्रायका साथ कृषि क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरिने बताउँनुभयो ।
यस्तै दंगीशरण गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन खेतियोग्य जमिन बाँझो रहन नदिने तर्फ विशेष पहल गरिने, तरकारी, फलफूल तथा खाद्यान्न बालीहरूमा लाग्न सक्ने रोगहरूको समयमा नै रोकथाम तथा उपचार गरी खेतिबालीमा क्षति हुन नदिन कृषि प्राविधिकहरूकाई ३६५ दिन ७ बार २४ घण्टा नै उपलब्ध रहन सक्ने गरी उच्च सतर्क अवस्थामा राखिने, दंगीशरण गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन खेतियोग्य जमिन बाँझो रहन नदिने तर्फ विशेष पहल गरिने, बेमौसमी तरकारी उत्पादन तथा फलफूल खेतिमा आकर्षित गर्न कृषकहरूलाई विउ विजन, मल तथा जैविक विषादीमा सहुलियतको व्यवस्था गरिने, जैविक खेति प्रणालीको विकासको लागि प्राङ्गारिक मल, कम्पोष्ट मल र जैविक विषादीको प्रयोगलाई प्राथमिकता दिइने निती तथा कार्यक्रममा समेटिएको छ । उन्नत विउ वितरक किसानलाई प्रोत्साहन स्वरूप अनुदानको व्यवस्था गरिने, मकै बाली पकेट विकास कार्यक्रमलाई निरन्तरता दिइने निती तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै उन्नत जातका पशुपालनका लागि पशु नश्ल सुधार कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी ढङ्गबाट सञ्चालन गरिने, पशु, पन्छिपालनलाई व्यवस्थित गर्न खोर, गोठ तथा भकारोमा सुधार गरी आधुनिक बनाउन लागत सहभागिताको आधारमा अनुदान दिने ,दंगीशरण गाउँपालिकाको विकट क्षेत्र मानिने फुर्केसल्ली क्षेत्रमा पशुपालन व्यवसाय प्रवर्द्धन गर्न संघ तथा प्रदेशसँग सहकार्य गरिने, त्यहाँ उत्पादित दुध, दहि, घ्यूलाई बजारसम्म पुर्याउन सडक स्तरोन्नति तथा यातायात सेवाको विस्तार गर्न विशेष पहल गरिने,दाङ जिल्लाको पहिचानको रूपमा रहेको “बधिया भाले“ लाई थप प्रवर्द्धन गरी दंगीशरण गाउँपालिकालाई बधिया भालेको पकेट क्षेत्रको रूपमा विकास गरी “दंगीशरणको बधिया भाले“ ब्राण्ड बनाउन कृषकहरूलाई प्रोत्साहित गर्नुको साथै गाउँपालिकाले जारी गर्ने सूचना तथा विज्ञापनमा उक्त ब्राण्डको प्रचार प्रसार गर्ने व्यवस्था गरिने, पशुपन्छिहरूमा लाग्ने रोग तथा महामारीको रोकथाम र नियन्त्रणका लागि पशु स्वास्थ्य प्राविधिकहरूलाई ३६५ दिन, ७ बार र २४ घण्टा उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिने ,गाउँपालिकालाई माछा मासुमा आत्मनिर्भर बनाउन कुखुरा, बाख्रा पालन व्यवसाय सञ्चालन गर्न चाहने कृषकहरूलाई गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधामा सहुलियतको व्यवस्था गरिने नीती तथा कार्यक्रममा जनाईएको छ ।
यसैबिच अपाङ्ग, टुहुरा बालबालिकालाई विद्यालयमा आकर्षित गर्न पोशाक, कपी, किताबको निःशुल्क व्यवस्था गरिने, विद्यालयमा दिवा खाजा कार्यक्रममा स्थानीय रूपमा उत्पादन हुने पोषिलो खानेकुराहरूलाई प्राथमिकता दिइने, प्राविधिक धार सञ्चालन गरेका विद्यालय तथा नमुना विद्यालयमा थप शैक्षिक तथा भौतिक सुविधाहरू वृद्धि गरिने, विज्ञान प्रयोगशाला नभएका विद्यालयहरूमा प्रयोगशाला बनाउन अनुदान उपलब्ध गराइने, प्रयोगात्मक अभ्यासको लागि स्थलगत अध्ययन तथा ओ.जे.टी.को लागि अनुदान सहयोग उपलब्ध गराइने, भूगोल र विद्यार्थी संख्याको आधारमा सामुदायिक विद्यालयको कक्षा समायोजन गर्ने नीति लिइने, स्मार्ट विद्यालयको अवधारणा अनुरूप आगामी आर्थिक वर्षमा नमुना विद्यालयबाट डिजिटल विद्यालय तथा स्मार्ट कक्षाको परीक्षण गरी क्रमशः सबै विद्यालयहरूमा विस्तार गर्दै लगिने, सामुदायिक विद्यालयबाट कक्षा १० उत्तीर्ण भएका कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने छात्रछात्रालाई मासिक छात्रवृत्तिको व्यवस्था गरिने निती तथा कार्यक्रममा उल्लेख छ ।
दंगीशरण गाउँपालिकाभित्र बोलिने भाषा तथा संस्कृतिको प्रवर्द्धन गर्ने खालका कार्यक्रमहरू सञ्चालन गरिने, थारू जातिको महान पर्व अट्वारी, माघी जस्ता चाडपर्वहरूलाई विशेष प्रोत्साहन तथा संरक्षण गर्न कार्यक्रमहरू सञ्चालन गरिने,दंगीशरण गाउँपालिका वडा नं. २ मा रहेको पवित्र शिव, भगवती मन्दिर धार्मिक क्षेत्र, वडा नं. ४ को बैवाङमा रहेको सतिदेवी मन्दिर क्षेत्र, वडा नं. ७ मा रहेको शिवालय क्षेत्रको विकास र प्रचार प्रसारको लागि सम्बन्धित निकायहरूमा पहल गरिने, रानीवन क्षेत्रमा रहेको थारू कल्चरल भिलेजको विकास तथा प्रचार प्रसारको लागि सम्बन्धित निकायमा आवश्यक पहल गरिने, पालिकाभित्र भाषा, संस्कृति, भेषभुषा र पर्यटकीय गन्तव्य झल्किने गरी होर्डिङ्ग बोर्ड राख्ने व्यवस्था मिलाइने जनाईएको छ ।
दंगीशरण गाउँपालिकाको विकट क्षेत्र फुर्केसल्ली र प्रसडुवामा आगामी आर्थिक वर्षदेखि सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइने, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरी आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच वृद्धि गरिने, “सुत्केरी पोषण प्रोत्साहन भत्ता“ वितरण कार्यलाई निरन्तरता दिइने, उज्यालो आँखा कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइने, दिर्घरोगीहरूको लगत संकलन गरी निःशुल्क औषधी उपलब्ध गराउन आवश्यक रकमको व्यवस्था गरिने, अति विपन्न नागरिकलाई यस गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूबाट प्रयोगशाला सेवा निःशुल्क उपलब्ध गराइने, सुत्केरी हुने महिलाहरूलाई आउन जान एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइने,१५ सैयाको दंगीशरण आधारभूत अस्पताल तथा स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरेर दरबन्दी स्विकृत गरी जनशक्तिको व्यवस्थापन गरिने, दंगीशरण गाउँपालिकाभित्र रहेका एम्बुलेन्सहरू ३६५ दिन ७ बार र २४ सै घण्टा उपलब्ध हुने गरी तयारी अवस्थामा राखिने, “नमुना स्वास्थ्य संस्था सञ्चालन कोष“ को व्यवस्था गरि अनुदान उपलब्ध गराइने लगाएतका कार्यक्रम निती तथा कार्यक्रममा समेटिएको छ ।