गढवा गाँउपालिका वार्ड नम्बर ७ का महिला कृषकहरुलाई ब्यावसायिक तरकारी खेतिका गर्नका लागी प्रबिधि सामग्री वितरण गरिएको छ । गढवा गाँउपालिका वार्ड नम्बर ७ मोतिपुरमा गठन भएको सरस्वती समुहका २० जना महिलाहरुलाई तरकारी खेतिका लागी टर्नेल, मल्चीङ, प्लास्टीक, बिउबिजन, मल लगायतको सामाग्री एक कार्यक्रमका बिच उक्त सामग्री वितरण गरिएको हो । गढवा गाँउपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङ सँगको साझेदारीमा गढवा कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदार परियोजना अन्र्तगत उक्त सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै गढवा गाँउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले त्यस क्षेत्रका दिदिबहिनीहरुलाई आर्थिक तथा सामाजिक रुपान्तरणका लागी उहाँहरुले जानेको सिपमा थप ज्ञान र सिप प्रदान गरेर तरकारी खेतिको लागी नमुना स्रोतको रुपमा बिकास गर्ने बताउनुभयो । स्रोत केन्द्रको रुपमा स्थापित भएपछि त्यस क्षेत्रका दिदिबहिनीहरुलाई अन्य स्थानमा तालिम तथा सिप सिकाउनका लागी पठाउने आफुहरुको भाबि योजना रहेको अध्यक्ष शर्माले बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश आर्चायले प्रबिधि तथा सिपको प्रयोग गरेर त्यस क्षेत्रका दिदिबहिनीहरुलाई उत्पादनमा जोड दिने र उत्पादित सामाग्रीलाई बजारसम्म पुर्याउनका लागी परियोजना बाट आफुहरुले पनि पहल गर्ने बताउनुभएको थियो ।
ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रशासन शाखाका पुनाराम शर्मा, कृषि शाखाका कर्ताराम यादब, पशु शाखाका खेम चौधरी लगायतको उपस्थीति रहेको थियो । कार्यक्रमको सहजीकरण उद्यम बिकास सहजकर्ता कैलाश चौधरीले गर्नुभएको थियो ।