वाइसिएल तुलसीपुर नगर कमिटीले गर्यो अस्पताल परिसर सरसफाई



No description available.

राप्ती प्रादेशिक अस्पताल परिसरमा आज एक कार्यक्रमका बिच सरसफाई गरिएको छ । वाइसिएल तुलसीपुर नगर कमिटीको आयोजनामा अस्पताल परिसर सरसफाई गरिएको हो । नगर कमिटी अध्यक्ष विप्लव ओलिको अध्यक्षता एंव नेकपा माओवादी केन्द्रका तुलसीपुर नगर कमिटी इन्चार्ज प्रभात वलिको प्रमुख आतस्थ्यतामा सरसफाई कार्यक्रम भएको हो ।

No description available.

सरसफाई कार्यक्रममा प्रमुख अतीथी वलीले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले अस्पताल परिसरमा सरसफाई गरिएको बताउनु भएको छ ।  यस्तै कार्यक्रमका विशिष्ट अतिथि राप्ति प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालले अस्पातलमा बिरामीहरू विभिन्न समुदाय बाट आउने हुँदा फोहोर व्यवस्थापनमा चुनौती भएको बताउनु भयो।

No description available.

शुन्दर सफा नगरीका लागि वाइसिएलले निरन्तर सामाजीक कार्य अभियान अभियानका रुपमा गर्दै आएको छ । वाइसिएल केन्द्रीय सचिव प्रविन वलि, केन्द्रीय सदस्य माइकल गुरुताल, केन्द्रीय सदस्य हरिश गिरी, मजदुर संगठनका केन्द्रीय उपमहासचिव घनश्याम डांगि, स्वास्थ्य संगठनका नेता जिबन खड्का,‌ वाईसिएल नगर इन्चार्ज हेबेन्द्र शाही आदि दर्जनौं नेता कार्यकर्ताहरु को उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो। पछिल्लो समयमा वाइसिएलले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। आगामी दिनमा पनि यस्ता सामाजिक काम कार्यक्रमहरुलाई निरन्तरता दिने संगठनका केन्द्रीय सचिव प्रबिन ओलिले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्