दाङमा अवैध लागू औषध खैरो हेरोइनसहित एक जना युवती पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका ४ घर भई हाल घोराही उपमहानगरपालिका–१७ बस्ने २१ वर्षिया निर्जला घर्तीमगर रहेकाे प्रहरी ले जनाएको छ ।
गएराति घोराही उपमहानगरपालिका-१४ नयाबसपार्कस्थित सडकबाट अवैध लागू औषध खैरो हेरोइन करिब ७ सय ९० मिलिग्रामसहित एक जना युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनक बहादुर मल्लले जानकारी दिनुभयाे।
उनलाई वडा प्रहरी कार्यालय घोराहीबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार