तुलसीपुरनगर जेसिजले गर्याे बाटाे खन्ने चन्द्रविर लाइ सम्मान 

जेसिजकाे साताब्यापि कार्यक्रम


तुलसीपुरनगर जेसिजले तुलसीपुर उपमहानगरपालिका ३ निवासी चन्द्रविर वली र उहाका परिवारलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ । एक बृद्धअबश्थामा पहाड फाेडेर बाटाे बनाएका चन्द्रविरलाइ जेसिजले सम्मान गरेको हाे । चन्द्रविरले तुलसीपुर ३ साततल्ले स्थित खमारी जाने बाटो ३ किलोमिटर एक्लैले खनेर बनाएका थिए । सरकारकाे आखा नपुगेकाे ठाउँमा माेटरबाटाे बनाएकाे भन्दै प्रसंसा स्वरुप सम्मान गरिएको थियाे । समाजमा पुर्याएकाे याेगदानकाे कदर गर्दै  कदरपत्र तथा दोसल्ला ओडाएर  सम्मान गरेको हो ।

जेसिजले साता व्यापी कार्यक्रम अन्र्तगत अन्तिम दिन  वली र उहाँका  परिवारलाई खाद्यान्न, जिन्सी, नगद पाँच हजार गरी ३० हजार बराबरको सहयोग पनि गरेको छ । चन्द्रविर बाहेक उहाको अन्य परिवार ( श्रिमती, चार भाइ छाेरा ) सदस्यहरु सबै दृष्टिबिहीन छन् ।

साे अवसरमा कार्यक्रमका प्रमुख अतिथि इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञ बहादुर बुढाले तुलसीपुरनगर जेसिजले समाजका लागि उदाहरणीय र  अनुकरणीय कार्य गरेको भन्दै प्रशंसा ब्यक्त गर्नुभयाे ।

अवका दिनमा युवाहरुकाे नेतृत्व विकास, समाज परिवर्तनका कार्य संगसंगै सरकारसंगकाे मसन्वयात्मक भुमिका खेल्नुपर्ने सुझाव दिनुभयाे ।

कार्यक्रममा पूर्वअध्यक्षहरु झरेन्द्र खरेल, पुर्व अध्यक्ष दिपेश भन्डारी , नेत्रलाल भट्टराई ( नारायण ),मोहन सुनार, दाङ महिला जेसिजका कार्यवहाक अध्यक्ष अर्चना शर्मा, लमही जेसिजका अध्यक्ष मुकेश चौधरी, त्रिभुवनगर जेसिजका अध्यक्ष रविकिरण केसी,  अधिकारकर्मी सुष्मा गिरी, लगायतकाले शुभकामना  व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रमका मुलसंयोजक सुरज भण्डारीले साता व्यापी कार्यक्रम सफल बनाउन सहयोग गर्ने संयोजकहरुलाई कदरपत्रले सम्मान गर्नु भएको थियाे।

तुलसीपुरनगर जेसिजका अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न  भएको हाे । कार्यक्रममा निवर्तमान अध्यक्ष शालिकराम वलीले धन्यावाद ज्ञापन गर्नु  भएको  थियाे ।

कार्यक्रम संयोजक तुफान सापकोटाकाे स्वागत मन्तव्य बाट शुरु भएको  कार्यक्रमको सहजिकरण कमलप्रकाश शर्माले गर्नु भएको  थियाे।

तुलसीपुरनगर जेसिजले साताब्यापि कार्यक्रम अन्तरगत पहिलाे दिन ब्लड ग्रुपिङ नवीकरण तथा रक्तदान कार्यक्रम,  दोस्रो दिन जेठ  जेसीज जुनियर स्विच च्याम्पेन्सिप कार्यक्रम, तेस्रो दिन अनुचित लेनदेन सम्बन्धि कानूनी व्यवस्था, एक शिक्षा, चाैथाे दिन असल अभिभावक शिक्षा कार्यक्रम, पाचौं दिन लागूपदार्थ तथा साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम , छैठौं दिन अन्तरविद्यालय फुटसल प्रतियोगिता र साताैँ अर्थात अन्तिम दिन सहयोग सम्मान तथा समापन कार्यक्रम गरेेकाे हाे ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्