धारापानीमा श्रावण महिनाभर सञ्चालन हुने शिव महापुराण सत्सङ्गकाे तयारी अन्तिम चरणमा



विमल याेगी

पाण्डवेश्वर महादेव धाम धारापानीमा यही भाेलीदेखी सुरू हुने श्री शिव महापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रीगारिक महाआरतीकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । पाण्डवेश्वर महादेव धामको प्रचार प्रसार तथा धार्मिक जागरणका लागि एक महिने महायज्ञ तथा श्रीगारिक महाआरती सञ्चालन गर्न थालिएकाे हाे ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक गणेश कुमार अधिकारीले महायज्ञ तथा महाआरतीका भव्यताकासाथ सफल बनाउन गठित विभिन्न उप–समितिले तयारीकाे काम पुरा गरेकाे जानकारी दिनुभयाे । श्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ तथा श्रृगांरिक महाआरतीमा विभिन्न धार्मिक दैनिक कार्यक्रम समेत संचालन गरिने छ । जसमा आरती संकल्प, ब्राह्मण भोजन संकलन, प्रसादी वितरण संकलन, रुद्राभिषेक संकलन र श्रावण ३१ गते सामूहिक लक्ष्यवर्तिका दिप प्रज्वलन कार्यक्रम तय गरिएको मन्दिरका सचिव तथा प्रचार प्रचार उपसमितिका संयाेजक विष्णुराम आचार्यले जानकारी दिनुभयाे ।

श्रावण २ गतेदेखि श्रावण ३२ गतेसम्म बिहान ४ बजेदेखि बिहान ६बजेसम्म, रुद्राभिषेक नृत्य पुजा, बिहान ७ देखि १० बजेसम्म पाठ पारायाण, बिहान साढे ११ बजेदेखि दिउसो साढे ३ बजेसम्म कथा प्रवचन तथा श्रवण र साढे ३ बजेदेखि कथा समापन तथा आरती संचालन हुने उहाले जानकारी दिनुुभयो ।

टेन्ट लाईन तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमितिका संयोजक विवेक श्रेष्ठले वर्षातको समयमा भक्तजनहरु पानीवाट जोगाउन जस्तापाता र प्लाष्टिक सहितको टेन्ट लगाइएकाे जानकारी दिनुुभयो । साथै मन्दिर परिसरभित्र महायज्ञ अवधीभर भक्तजनहरुको किनमेलका लागि २५ वटा स्थानीय उत्पादनका विभिन्न स्टल तथा वाल उद्यान समेत संचालन गरिने छ ।

श्री शिव महापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृगारिक महाआरतीमा राष्ट्रिय ख्याती प्राप्त विद्धान पण्डित कोमल उपाध्याय प्रमुख कथा वाचक भावमय कथा बाचन गर्नुुहुने महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

महायज्ञका सफल बनाउन शारदा पोख्रेलको संयोजकत्वमा यज्ञ पुजा व्यवस्थापन उपसमिति , विवेक श्रेष्ठको संयोजकत्वमा टेन्ट लाईनिङ तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति, निमबहादुुर चौधरीको संयोजकत्वमा भोजना तथा आवास व्यवस्थापन उपसमिति, शंकर गौतमलको संयोजकत्वमा दाता पहिचान तथा स्वागत उपसमिति, विष्णुुराम आचार्यको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, केशव बहादुर बिसीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, रेवबहादुर बुढाथोकीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, बोधिलाल शर्माको संयोजकत्वमा सामान खरिद उपसमिति, लोकबहादुर बिकको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति, गणेश कुमार अधिकारीको संयोजकत्वमा यज्ञ संचालन उपसमिति, श्रीधर शर्मा पौडेलको संयोजकत्वमा अनुुगमन उपसमिति र हरिप्रसाद चौधरीको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्