खाना पकाउने क्रममा तुलसीपुरमा आगोले जलेर एक महिला घाइते



तुलसीपुरमा खाना पकाउने क्रममा आगोले जलेर एक महिला घाइते भएकि छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार आज शनिबार बिहान तुलसीपुर उपमहानगरपालिका-३, रानागाउँकी ६० वर्षीय गोमा वली आफ्नै घरमा खाना पकाउने क्रममा आगाेले जलेर घाइते भएकि हुन् ।

खाना पकाउने क्रममा वलीले शरीरमा लगाएको कपडामा आगो सल्किएकाे थियाे । आगाेले कम्मर, पेट लगाएतकाे भाग जलेकाे छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते वलीलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा  उपचारका लागि लगिएको जनाएको छ।

 

प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्