नेकपा एमालेका केन्द्रीय सदस्य काेमल वलीले पार्टी बलियाे बनाउन पार्टी सदस्यता बढाउनुपर्ने कुरामा जाेड दिनु भएको छ । चैत मसान्तसम्म ६ प्रतिशत सदस्यता बनाउनुपर्ने भन्दै मंसिर सम्म वडाकाे अधिवेशन , जनवर्गीय संगठनका अधिवेशन सकेर पार्टी बलियाे बनाउन आग्रह गर्नुभयाे । उहाँले पार्टी याेजनाबद्द तरिकाले अघि बढ्न बैठक नियमित बस्न समेत आग्रह गर्नुभयो ।
“याेजनबद्द तरिकाले अगाडि बढ्नाेस् पार्टी सफल हुन्छ , जनताकाे भावनाकाे कदर हुने गरि काम गर्नुस जनता सधैं एमालेकाे पक्षमा हुुनेछ । ” – उहाँले भन्नुभयो ।
कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनु भएकि वलीले दङ्गिशरणमा जनतासंग जाेडिएका मुख्य मुख्य याेजनाहरुकाे खाकाहरु तयार गरि स्थानीय पालिका देखि केन्द्रीय स्तर सम्म याेजना लिएर जानुपर्ने बताउनुभयो । जनताहरुकाे काम गर्ने पार्टी नेकपा एमाले भएकोले कार्यकर्ताहरु गाउँ गाउँमा पुगेर जनताका समस्याहरु बुझ्न जरुरी रहेको बताउनुभयो ।
“हरेक नागरिकहरुकाे घरघरमा पुग्नाेस् उहाँहरुकाे समस्या नाेट गरेर ल्याउनुस्, त्यसकाे समस्या समाधान हुने गरि हामी लाग्छाै लागेका पनि छाैँ”- उहाँले भन्नुभयो ।
नेकपा एमाले दङ्गिशरणकाे दाेस्राे गाउँ अधिवेसनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुकाे सपथ ग्रहण एंव दशै मिलन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनु भएको हाे ।
यस्तै एमाले दाङका निवर्तमान अध्यक्ष हुकुम बस्नेतले १० वटै पालिकामा पार्टी बनाउने अभियानमा लगायाे भने दाङ जिल्लाले बिकासकाे गतिमा फड्काे मार्ने बताउनुभयो ।
” नेकपा एमालेका सबै शुभचिन्तक समान छन्, काेहि काखापाखा छैन । त्यस कारण कमिटी एक हुनुपर्छ । हामी नेकपा एमाले बनाउने हाे भन्ने साेच र सङ्कल्प लिएर अगाडि बढ्नाेस्।”-उहाँले भन्नुभयो ।
“सरकारबाट पिडित शिक्षक र कर्माचारि हाे याे कुरालाई गहन रुपमा लिदै अब कसरी अगाडि बढाउने हाे साेचेर मिसन चाैरासिमा लाग्नुपर्नेछ , मिसन ८४ गित गाउने भट्याउने गित हाेइन स्थानीय देखि केन्द्र सम्म निर्वाचनमा जित हासिल गरि तागत देखाउन लाई अपानाएकाे अभियान हाे ।
अर्जुन दृष्टि मिसन ८४ हाे ।”- सचिव डाङ्गिले भन्नुभयो ।
जिल्ला सदस्य तथा दङ्गिशरण इञ्चार्ज सिमा न्याेपानेले त म नभनि सबै मिलेर संगठनलाई ब्यवस्थित गराउनुपर्ने बताउनुभयो ।
यस्तै पार्टी जिल्ला सचिव श्याम डाङ्गिले पार्टी बनाउन एक्लैले मात्र सम्भव नभएको भन्दै सहकार्य हुन जरुरी रहेको बताउनुभयो । ” हामी त्याे समाजमा हुर्केका छाै अरुकाे प्रगतिमा रिस गरेर आफु अगाडि बढ्ने गर्छाैं , अब एमालेले आफु बद्लिने र समाज बदल्नेमा लाग्नुपर्नेछ । मिडिया किनेर एमालेकाे नराम्रो प्रचार गर्ने र कमजोर गराउन लागिपरेका छन्, यसलाई चिर्न सधैं एमाले जनतामुखि भइ काम गर्न जरुरत रहेका छ । हाम्रो शक्ति लाई बचाउन पार्टीले सुदृढीकरण र सुद्दिकरण अभियान चलायाे , अब यसलाई बचाउन काम गरेर देखाउनुपर्ने छ ।” – उहाँले भन्नुभयो ।
साे अवसरमा क्षेत्र न ३ सयाेजक मेघराज भुषाल, उप संयाेजक एम एन शाह ,निजामती कर्मचारी संगठन उपाध्यक्ष अनन्त चाैधरी,शिक्षक संगठन जिल्ला उपाध्यक्ष जित बहादुर के सि, जिल्ला सदस्य बिष्णु के सि , गाउँ पालिका निवर्तमान अध्यक्ष भागिराम चाैधरी , नेकपा एमाले निवर्तमान अध्यक्ष रेशम बहादुर वली, जिल्ला सदस्य गिता पाैडेल , यशाेदा शर्मा , गणेश आचार्य लगाएतले मन्तब्य ब्यक्त गरेका थिय ।
अध्यक्ष बसन्त वलीकाे अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको हाे । उपाध्यक्ष निरज बस्नेत काे स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमकाे शहजिकरण सचिव खुसिराम चाैधरीले गर्नु भएको थियाे ।
साे अवसरमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र बितरण गरिएको थियाे ।