प्लास्टिक प्रतिस्थापन गर्न कृषि वनमा आधारित स्थानीय उत्पादनकाे प्रबर्द्धनमा जाेड



दङ्गिशरण २ कलम खाेलामा प्लास्टिक प्रतिस्थापन गर्न कृषि वनमा आधारित स्थानीय उत्पादनकाे प्रबर्द्धनका लागि सचेतना अभियान कार्यक्रम अन्तर्गत बहस कार्यक्रममा सहजकर्ता जे.एन सागरले विभिन्न सराेकारवाला ब्यक्तिहरुसंग गरेकाे संवाद ।

पहिलाे प्रश्न दङ्गिशरण गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख बक्ता शम्भु गिरिलाई

प्रश्न : स्थानिय वस्तु उत्पादन प्रबर्दनमा आइपर्ने चुनाैति केछ ? र हस्तकलाकाका सामग्री प्रबर्दन गर्न गाउँ पालिकाले के गरिरहेकाे छ ?

शम्भु गिरि : ग्रिन फाउन्डेसन नेपालले ब्यवसायि उत्पादन गर्न कच्चा पदार्थलाईलाई प्रबर्दन गर्न हाम्रो राजाकाेट बहुउद्देश्यीयलाइ प्रदान गरेकाे छ । मेसिन दिएर दना टपरी बनाउने तालिम दिएकाे थियाे । तालिम पश्चात् मेसिन बाट दुना टपरी बनाउन सुरु गरिएको छ । याे वडा, गाउँ पिछडिएको ठाउँ हाे । त्यससैले यहाका नागरिकहरुलाइ आएआर्जन संग जाेड्नुपर्छ भन्ने हाम्रो पनि साेच भएकोले ग्रिन फाउन्डेसन संगै गाउँपालिका पनि लागिपरेकाे छ । यस्तै थारु सङ्ग्राहलयमा रहेको काेशेलि घर, गाउँपालिकाकाे परिसरमा रहेकाे काेशलि घरमा समेत राख्न सकिन्छ । तर अहिले सम्म राखिएको छैन । तालिम पश्चात् जति लाभ लिन सिकएला भनेर हामीले साेचेका थियाे, आशा गरिएको थियाे त्यति पाइएकाे छैन । कच्चा पदार्थबाट उत्पादन भएका सामग्रीहरु उधाेगकाे रुपमा संचालन गर्न सके स्थानीय वस्तुकाे प्रवर्दन हुनेछ । बिभिन चुनाैति आउन सक्ने भन्दै सीप सिकेर उधम गर्न चाहनेहरुका लागि घुम्ति काेषका लागि बजेट बिनियाेजन गरेका छाैँ । अहिले पालिकाले अंपाग भएकालाई ४ लाख, द्वन्द पिडितलाई २ लाख रकम छुट्याएर घुम्तीकोष मार्फत काम गर्ने याेजनामा छ ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय उपाध्यक्ष महोमद कर खाँ
स्थानिय रुपमा उत्दित बस्तुकाे बजारिकरण देखि प्रबर्दनमा महासंघकाे भुमिका केछ ?

हामीले ४९ प्रतिशबाट ४६ प्रतिशत वन व्यवस्थापन गरेका छाैँ । ‘एक सामुदायिक वन, एक उद्यम’ भन्ने नारा लिएर काम गर्ने गरेका छाैँ । गरिब दलित, आदिवासी जनजातीलाई वनसंग जोडेर आर्थिक उपार्जनमा टेवा पुर्‍याउने काम भइरहेकाे छ । पछिल्लो समय भारत र नेपालका खुल्ला सिमाका कारण नेपाली उद्योगीलाई समस्या भएकोले भारतबाट आयात हुने सामानलाई प्रतिबन्ध लगाउने र स्थानीयले स्थानीय स्तरमै उत्पादित सामाग्रीलाई प्रयोग गर्नुपर्नेछ । हामीले बनाएकाे चिज हामीले किन्नुपर्छ । खुरापाति राजनिती काे अन्त्य गर्दै समृद्ध नेपाल बनाउन राज्य स्थानिय पालिका यसका लागि विशेष भुमिका खेल्नुपर्ने देखिन्छ । हामी आन्तरिक हिसावले नितिगत रुपमा पैरवि गरिरहेका छाैँ कि प्लास्टिकजन्य वस्तु निर्यातमा प्रतिबन्ध लगाइनुपर्छ । हामीले यहि बाेल्दै आएका छाै ।

गाउँपालिकाले बाेेलिमा मात्र काम गर्ने कि नीति विधि अनुशार भाेलि सम्म टिकाउ हुने खालकाे काम गर्ने, कहिले बन्छ त्याे ?

शम्भु गिरि : गाउँपालिकाले संघिय बन ऐनका कुराहरु बृहत् छलफलका साथ पास गर्नेछ । कार्यबिधि ऐनका विषयमा कर्मचारी र उपभोक्ताहरु पनि जिम्मेवार ब्यक्ति भएकोले यसलाई आत्मसाथ गर्नुपर्ने देखिन्छ ।स्थानीय उत्पादनलाई प्रोत्साहन र प्लास्टिकका सामाग्री विस्थापन गर्न आउँदो हिउँदे अधिबेसनमा वन ऐन बनाएर काम गर्ने छाैँ । वनमा खेर गएका पातबाट दुना टपरी बनाउन सकिनेछ । काठबाट राम्रा फर्निचरका सामानसंगै आकर्षक सामाग्री बनाउन सकिने भएकोले यसबाट स्थानीलाई आयआर्जनसं जोड्न सकिन्छ।

बस्तुकाे बजारिकरणमा पालिकाले के गर्न सक्छ ?

शम्भु गिरि : बजारिकारण गर्न २०७९/८० मा १५ लाख बराबरकाे कृषि उपज केन्द्र निर्माण भएको छ । २० ८०/८१ मा हेकुलिमा राजाकाेट सहकारीको आयाेजनामा प्रत्यक महिनाकाे अन्तिम शनिबार हाट बजार लाग्ने गरेकाे छ । त्यसका लागि गाउँपालिकाले टहरा बनाउने काम गर्ने याेजना बनाएको छ । समृद्धि सस्था मार्फत कृषि जन्य वस्तुकाे संकलन र बजारिकरण गर्ने काम भएको छ । गाउँपालिकामा कृषि उपज केन्द्र का लागि डिपिआर भइसकेकाे छ । त्यहा रहेका बस्तु काे खरिद बिक्री भएमा उत्पादित बस्तुुले बजार पाउने सम्भावना छ । दंगीशरणका महिलाहरुले विभिन्न समयमा सिपमूलक तालिम लिएकाले उनिहरुले उत्पादन गरेका सामाग्रीलाई पालिकाले समन्वय गरेर बजारीकरण गर्न सकिनेछ ।

हस्त निर्मित वस्तुलाई प्रयाेगमा ल्याउन कसरी बानि पार्ने , के गर्न सकिन्छ ?
शम्भु  गिरि : नबुझ्केका लाई बुझाउने र जनचेतना जगाएमा प्लास्टिक मुक्त गाउँपालिका घाेषणा गरेमा प्लास्टिक मुक्त गाउँपालिका घाेषणा गर्न सकिन्छ ।
स्थानिय रुपमा उत्पादित बस्तुले सुपथ मुल्यमा बजार पाउन सक्छ ?
सुरुसुरमा अलिक गार्हाे हाेला तर गाउँपालिकाका हरेक ब्यक्तिमा चेतना बृद्दि भएमा सम्भव छ । हुनसक्छ हामी नीति बनाएर अघि बढ्ने याेजनामा छाैँ ।

प्लास्टिककाे वस्तु ले सहज त बनाएकाे छ तर स्वास्थ्यलाइ कसरी असर पारेकाे छ ?
टेक बहादुर खत्री स्वास्थ्य शाखा प्रमुख, सुचनाअधिकारी

प्लाष्टिकका सामान प्रयोगले मानिसको स्वास्थ्यमा असर परेको छ । उर पहिले पुजाआजा, बिहेमा सालको पात प्रयोग हुने गरेपनि अहिले यो परम्परा हट्दै गएको र प्लास्टिकका प्लेट लगायतका भाडा प्रयोगमा आएको छ। प्लास्टिकको प्रयोगले मात्र नभइ यि सामाग्री जलाउदा पनि वातावरणीय असरसंगै मानवको स्वास्थ्यमा समेत असर परेको देखिन्छ ।

पाेलिभर तत्व बाट बनेकाे यस वस्तुले गर्भादानकाे बेलामा सालमा गएमा आमा र बच्चा लाई असर गर्ने, क्यान्सर , प्रजजन क्षमतामा ह्रास आउने, राेग सक्ने लड्न सक्ने क्षमता कमजाेर बनाउने, हर्मोन उत्पादनमा समस्या , तत्काल असर नगरेकाे देखिएपनि दिर्घकालिन अवस्थामा असर गर्नेगर्दछ । एउटा पलाष्टिक गल्न १०० बर्ष लाग्ने गरेकाले याे हानिकारक भएको हाे । सकेसम्म आजै बाट यसकाे प्रयाेग नगराैँ ।

मन्द बीस हाे भनेर कसरी बुझाउने गापाले के गर्न सक्छ ?

शम्भु गिरि :जनचेतना , सचेतनामुलक कार्यक्रम गर्ने, समाजका जिम्मेवार ब्यक्तिलाई याे बिषयमा जानकार गराउने, ग्रासरुटमा रहेका जनतालाई ज्ञान दिलाएमा याे कुरा हटेर जानेमा विश्वस्त छु । यसको प्रतिस्थापन, प्रयाेग कम , ब्यवस्थापन गर्न सके यसकाे प्रयाेग कम गर्न सकिन्छ । यस्तै अटेरिलाइ दण्ड र ऐन नियम पालना गर्नेलाइ पुरस्कारकाे ब्यवस्था गर्न सके यसकाे अन्त्य हुनेछ ।

प्लाष्टिकजन्य बस्तुले कृषिमा ल्याएकाे असर के ?
सरु भुषाल कृषि शाखा प्रमुख ( दङ्गिशरण)

प्लास्टिकले माटाेमा छाेडेका रस बाट बाेटबिरुवामा असर गर्ने, माटाेकाे संरचना बिग्रिने, पानी धारण गर्ने समस्या भइ सुख्खापन हुने भएकोले प्लास्टिकलाई प्रयाेगमा ल्याउन प्रतिबन्ध लगाउनुपर्छ । कृषि शाखाले माटाे सुधार गर्न उन्नत कम्पाेषट मल प्रयाेग गर्ने तालिम संचालन गर्दै आएकाे भए पनि कृषकहरु यसलाई निरन्तरता दिएकाे पाइएकाे छैन । कृषिमा सुधार ल्याउन उपभोक्ता नै जागरुक बन्नुपर्ने देखिन्छ ।

प्लास्टिक प्रतिस्थापन गर्न कृषि वनमा आधारित स्थानीय उत्पादनकाे प्रबर्द्धनका लागि सचेतना अभियान कार्यक्रम अन्तर्गत बहस कार्यक्रम गाउँपालिका-२ कलमखाेला, दाङमा सम्पन्न भएको छ ।

वन तथा कृषि सहज कार्यक्रम, संयुक्त राष्ट्रसंघिय खाद्य तथा कृषि संगठन, वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ नेपालकाे सहयोग तथा हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे आयाेजना र दंगीशरण गाउँपालिका हेकुली दाङ र ग्रीन फाउन्डेसन नेपालकाे सहकार्यमा कार्यक्रम सम्पन्न भएको हाे ।

प्लास्टिक प्रतिस्थापन गर्न कृषि वनमा आधारित स्थानीय उत्पादनकाे प्रबर्द्धनका लागि सराेकारवालासँगकाे संवाद, स्थानीय उत्पादनकाे प्रदर्शनी तथा हाटबजार र स्थानीय नाच समेत प्रस्तुती रहेकाे थियोे ।
हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे अध्यक्ष श्री विष्णु गाैतमकाे अध्यक्षता एवम् दंगीशरण गाउँपालिकाकाे अध्यक्ष श्री शम्भु गिरीकाे प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघिय महासंघका उपाध्यक्ष श्री माेहमद कर खाँकाे विशिष्ट आतिथ्यता कार्यक्रम भएको थियोे ।

कार्यक्रममा दंगीशरण गाउँपालिका १ नं.वडा अध्यक्ष श्री रमेश भण्डारी, वडा नं.२ का वडा अध्यक्ष श्री डम्बर खत्री, ग्रिन फाउन्डेसन दाङका अध्यक्ष श्री विष्णु के.सी, लगाएतले मन्तब्य ब्यक्त गरेका थिय ।

उद्घाटन कार्यक्रमकाे सहजीकरण सस्थाका उपाध्यक्ष चक्र मिलन वि.कले गर्नुभएको थियोे ।

 

 

 

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्