आम नागरीकको सोच ब्यवसाय बन्ने हुनुपर्छ ः घनश्याम पाण्डे

तुलसीपुरमा प्रदेश स्तरीय तीन दिने वन उधम अवलोकन भ्रमण तथा प्रदर्शनी कार्यक्रम


ग्रीन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले उधमशिलतालाई सहि ढंगले उत्पादन गरि ब्यवसायसंग जोडिनुपर्ने बताउँनु भएको छ । स्थानीय स्तरमा कृषि वनमा आधारीत हरित उधमशिलता कसरी सुरुवात गर्ने, अर्थतन्त्र संग जोडिएका उधमशिलता कसरी कुन तरिका बाट रोज्ने भन्ने विषयमा जान्न आवश्यक रहेको बताउँनुभयो । आम नागरीकमा म ब्यवसायको मालीक बन्न चाहन्छु भन्ने सोचको विकास हुन जरुरी रहेको बताउँनुभयो । दाङको तुलसीपुरमा भएको प्रदेश स्तरीय वन उधम अवलोकन भ्रमण तथा प्रदर्शनी कार्यक्रममा उहाँले यस्तो बताउँनुभएको हो ।

अवको बहसमा तपाईको छोराछोरीको ब्यवसाय केछ ? भन्ने बनाउँनुपर्छ । भोलीको दश वर्षपछि पनि ब्यवसायीक सोच आएमा नेपालको अर्थतन्त्र बलीयो बन्न सक्ने बताउँनुभयो । असल बयवसाय बन्न बजारको सम्भाब्यताको अध्ययन खोजी गर्ने, ब्यवसायको छनौट गर्नुपर्ने, ब्यवसाय संचालनका लागि उपयुक्त स्थानको छनौट, बनाउँने र बेच्ने ठाउँको छनौट, दर्ता, लाईसेन्स वा अनुमती लिने, विमा गर्ने, सुरुमै उधमशिलता गर्ने भन्दाब्यवसाय सम्न्धि ज्ञान हासील गर्ने, उधमशिलताको प्रचारप्रसार गर्नुपर्ने, यी दश चरणको उपाए अपनाएमा ९० प्रतिशत उधमी सफल हुने बताउँनुभयो । उहाँले स्थानीय तहमा कृषि वन उधम प्रवद्र्धननीति निर्माण, सीप विकास र तालिम कार्यक्रम संचालन, स्थानीय उत्पादनको बजार विस्तार र सहजीकरण, उधमशिलतामा युवालाई प्रोतसाहन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउँनुभयो ।

ग्रीन फाउण्डेसन दाङका अध्यक्ष विष्णु के.सी.को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगर पालीकाका उपप्रमुख स्यानी चौधरी, रुकुम पश्चिमको चौरजहारी नगरपालीकाका नगरप्रमुख पुष्प वादि तथा तुलसीपुर उपमहानगरपालिका वडा न. ६ का वडा अध्यक्ष दुजमान भण्डारी लगाएतले स्थानीय तहमा कृषि वन उधम प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । यसलाई दिर्घकालीन रुपमा लैजान स्थानीय तहको विशेष भुमिका हुनुपर्ने धारणा राखेका थिए । सामुदायीक वन महासंघ तुलसीपुर नगर सचिव रक्षा काफलेको स्वागत मन्तब्य बाट सुरु भएको उद्धघाटन कार्यक्रमको शहजीकरण संस्थाका सचिव जित बहादुर खड्काले गर्नुभएको थियो ।

तरकारी तथा फलफुल बजारको अनुगमन


यसैबिच, तुलसीपुर तरकारी तथा फलफुल वजारको अवलोकन गरेको थियो । निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेको पालामा निर्माण भएको तुलसीपुर ६ मा रहेको तरकारी बजारको अवलोकन गरेको हो । फलफलु तरकारी बजारका अध्यक्ष माधम प्रशाद धितालले तरकारी बजार ब्यवस्थापनका विषयमा जानकारी गराउँनुभएको थियो । करीव १३ कट्ठामा निर्माण भएको उक्त तरकारी बजार संचालनमा आएपछि कृषकहरुलाई सहजता भएको बताउँनुभएको थियो । तत्काल चिस्यान केन्द्र स्थापना भएकाले तरकारी फलफुल कुहिएर जान बाट जोगिएको भन्दै कृषकहरुलार्ए निःशुल्क ओपन हाउसको बयवस्था भएको बताउँनुभयो । अरु तरकारीहरु बाहिर जिल्ला बाट केहि मात्रामा आएपनि दाङमा टमाटर र काक्रा बढि मात्रामा उत्पादन हुने गरेको बताउँनुभयो ।


प्राङगारीक मल उत्पादन केन्द्रको अवलोकन

यसैबिच तुलसीपुर ६ मा रहेको प्राङगारीक मल उत्पादन केन्द्रको समेत अवलोकन गरेको छ । । निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेले द एशिया फाण्डेसनको सहकार्यमा उक्त केन्द्रको स्थापना गर्नुभएको हो । बजारक्षेत्रको फोहोर ब्यवस्थापनामा चुनौती देखिएपछि जैवीक मल उत्पादन केन्द्र स्थापना भएपछि अहिले सहज भएको छ । मल उत्पादन गर्नका लागि क्लीन अफ नेपाल र द एशिया फाउण्डेसनले मेसीन उपलब्ध गराएको छ । उक्त मेसीनले दैनीक दुई सय किलोग्राम गलने फोहोर मार्फत ४० किलोग्राम मल उत्पादन गर्न सक्छ ।

राप्ती शान्ती उधान पार्क अवलोकन

यसैबिच तुलसीपुर ७ मा रहेको राप्ती शान्ती उधान पार्कको पनि अवलोकन गरेको थियो । पार्कका अध्यक्ष डिल्लीराज भण्डारीका अनुशार १ सय ५ हेक्टरमा रहेको राष्ट्रीय वनलाई विभाजन गरि १० हेक्टर जमीनमा राप्ती शान्ती उधान स्थापना गरिएको हो । द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । पार्कको अवलोकन गर्ने आउनेहरुको दिनहुँ भिड लाग्ने गरेको छ । अहिले आम्दानीको स्रोत भनेको विभीन्न भेषभुषाका कपडा, गहना, बोटिङ, पिकनीक स्थल, फुल विक्रीवितरण रहेको छ । पार्क प्रवेशमा सर्वसाधारणहरुका लागि प्रतीब्यक्ती रु.५० , सबधार्थीहरुका लागि रु.३५ छ भने जेष्ठ नागरीक, अपांगताहरुका लागि नि.शुल्क प्रवेशको ब्यवस्था गरिएको बताउँनुभयो । पार्कमा अहिले ११ जनाले रोजगार पाएका छन् । यस्तै राप्ती शान्ती उधान क्षेत्रमा गणेश मन्दिर, गौतम बुद्धको प्रतीमा , बाल उधान, फाउनटेन ( पानीको फोहोरा) जनावरका मुर्तीहरु जस्ता संरचनाहरु देख्न सकिन्छ ।
गड्यौला मल उत्पादन अवलोकन

यस्तै तुलसीपुर ३ भट्टेमा रहेको गड्यौला मल उत्पादनको पनि अवलोकन गरेको छ । भट्टे कृषि सहकारी सस्ंथा लिमीटेडका अध्यक्ष कर्ण बहादुर वलीले ११ वर्ष देखि निरन्तर गड्यौला पालन गरेर अर्गानीक कम्पोष्ट मल उत्पादन गरि बिक्री गर्दै आउँनुभएको छ । २०७० असार मा स्थापना भएको सहकारीमा शुरुवाती अवस्थामा २६ जना सेयर सदस्य रहेको थिए । २०७६ मा साधारण सभा मार्फत सहकारीलाइ योजनाबद्ध तरीकाले अगाडि बढाएको अध्यक्ष वलीले बताउँनुभयो ।


“निर्वतमान मेयर घनश्याम पाण्डेले अल्फा हाउसमा तालीमको आयोजना गरिदिएपछि सामान्य जानकारी भएको थियो । पछि ज्ञान सिक्नका लागि नागार्जुन लग्नुभयो । फर्किदा कपिलवस्तुबाट ४० केजी गड्यौला किनेर ल्याए र गड्यौला पाल्न सुरु गरे, गड्योला विक्री बाट अहिले लाखौँको आम्दानी गर्दै आएको छु । पछिल्लो समय बाहिरी जिल्ला रोल्पा कैलाली बाट समेत माग हुने गरेको छ । जाडो समयमा सोचे अनुरुप उत्पादन हुन नसक्दा कृषकले भने वमोजीम पु¥याउँन सकिदैन । अहिले गाउँमा ३० घरले गड्यौला पालन गर्ने गरेका छन् । गड्यौलाको मल विक्री गरेर दुई तीन वर्ष भित्रमा पुर्ण बिषदियुक्त तरकारी खेती तयार गर्ने योजना रहेको छ । ” – कर्णले भन्नुभयो ।

शान्तीनगर थारु सास्ंकृतीक होमिस्टे


थारु सास्ंकृतीक होमस्टे पश्चिम दाङको शान्तीनगर ५ रगैँचामा रहेको छ । शुन्दर शान्त वातावरणमा रहेको होमस्टे पछिल्लो समय सबैको रोजाईमा पर्न सफल भएको छ । यहि २०८१ बैशाखबाट संचालनमा आएको होमस्टे छोटो समयमा लोकप्रिय बनेको छ । शान्त वातावरणमा रमाउँन, थारु परिकार खान मात्र होईन जन्मदिन मनाउँन, साथीभाई जमघट हुन समेत पुग्ने गर्दछन् । नेपाल प्रहरीबाट अवकास पाएपछि छवी चौधरी आफनै करीव १ करोड वढि लगानीमा ३ विघा जमीनमा थारु होमस्टे संचालन गर्नुभएको हो । होमस्टेमा थारु परिकार (ढिक्री, ख¥या,घोङ्घी) लगाएत लोकल परिकारहरु खान पाईन्छ । होमस्टेमा खान मात्र नभई बासको समेत ब्यवस्था रहेको छ ।

तुलसीपुर मेट्रो कलेज हरीपौरी


शिक्षालय प्रमुख वसन्त आचार्य का अनुशार तुलसीपुर मेट्रो कलेज तुलसीपुर उपमहानगरपालिका र सिटिइभिटीको साझेदारीमा सञ्चालनमा आएको हो। निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेले गौरवपुर्ण योजनाका रुपमा सफल पार्ने योजनाका साथ लागिपर्नुभएको हो । तुलसीपुर मेट्रो कलेज यस क्षेत्रको गौरबपूर्ण योजनाका रुपमा अघि बढाएइएको एक सफल योजना हो । मेट्रो कलेज पढाइसँगै तालिम दिएर स्वरोजगार बनाउँदै आएको छ । यस्तै नियमित रुपमा तालिम सञ्चालन गरेर व्यवसाय सञ्चालनका लागि सामग्री समेत सहयोग गर्ने गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको स्थापना गरेको हो । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको शिक्षालयले डिप्लोमा तहका विभिन्न ६ वटा कार्यक्रम र प्रिडिप्लोमा तहका ३ वटा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


प्रमुख आचार्यका अनुशार सञ्चालन गर्न निकै कठिन हुन्छ तर पनि निरन्तर लाग्ने हो भने सफल पनि भएको छ । मेट्रो कलेज देशकै उत्कृष्ट शिक्षालय बनेको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नु भएको हो । एक लाख राशी सहित सम्मानीत भएको हो । प्राविधिक शिक्षाको गुणस्तर र नतिजाका साथै विभिन्न क्रियाकलापका आधारमा शिक्षालयलाई उत्कृष्ट घोषणा गरिएको हो । शिक्षालयमा ३७ जिल्लाका बिधार्थी अध्ययन गरिरहेका छन् । कलेजले करीव ३ सय बढि बिधार्थीहरुलाई निशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।

हाम्रो राजाकोट सहकारी सस्ंथा (ढकिया तथा बाँस उधम)


हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दंगीशरण गाउँपालिका वडा नं.२ कलमखोला, दाङमा अवस्थित रहेको छ । २०७९मा गते दंगीशरण गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालय हेकुली, दाङमा दर्ता भएको सहकारी संस्था हो । कृषि वन उद्यम वर्गीकरण रहेको यस हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यक्षेत्र दंगीशरण गाउँपालिका भित्र रहेको छ ।
३५ जनाको प्रथम भेलाबाट गठन भएको यस सहकारी संस्थामा हाल १०५ जना शेयर सदस्य रहेका छन । स्थापना भएको यो छोटो समयमा पनि यस सहकारी संस्थाले अत्यन्तै महत्त्वपूर्ण गतिविधिहरु सञ्चालन गरेको छ । दंगीशरणा गाउँपालिकामा रहेका कृषक तथा उद्यमीहरुले उत्पादन गरेका कृषि वनमा आधारित वस्तुको प्रोत्साहन, बजारीकरण र आर्थिक विकासका लागि पहिलोपटक कृषि वन उपज हाटबजार सञ्चालन गर्दै हाल ८ औं पटक हाटबजार सञ्चालन गरिसकेको छ ।


त्यसैगरी वन तथा कृषि सहज कार्यक्रम , संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन , वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ नेपालको सहयोगमा संचालित जलवायु अनुकुलित भू–परिधि र सुधारिएको जीविकोपार्जन कार्यक्रम अन्तर्गत कृषि तथा वनमा आधारित बजारमुखी समावेशी व्यवसाय विकास गर्नको निमित्त कृषि तथा वन उत्पादक संस्थाहरुका लागि प्रत्यक्ष लाभग्राही अनुदान कार्यक्रम अन्तर्गत “मूल्य अभिवृद्धि कृषि वन उत्पादन मार्फत आय विविधिकरण“ शिर्षकको कार्यक्रम प्राप्त गर्न सफल भएर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । आदिवासी जनजाति, दलित, महिला र युवाहरुमा जीविकोपार्जनमा टेवा पुर्याउने उदेश्यका साथ स्थानीय स्तरमा र सामुदायिक वनमा पाईने कच्चापदार्थको प्रयोग गर्दै ढकिया उत्पादन, दुनाटपरी उत्पादन र बाँसको चोया तथा झाडु उत्पादनका कार्यहरु गर्दै आइरहेको छ । ढकिया उत्पादनमा २७ जना आदिवासी जनजाति, दुनाटपरी उत्पादनमा ८ जना महिला र चोया तथा झाडु उत्पादनमा ५ जना दलित आबद्ध रहेर कृषि वन उद्यम सञ्चालनमा रहेका छन ।


वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत यस सहकारी संस्थाको आयोजनामा सामुदायिक वन पुर्नस्थापनाका लागि पाथीभरा सामुदायिक वन, तिलकन्या सामुदायिक वन, महालक्ष्मी सामुदायिक वन र सरजु सामुदायिक वनमा (बाँस, अमला, मौहवा, कागती, आँप, लिच्ची, मसला, खयर) वृक्षरोपण कार्यक्रम गरेको छ । प्लास्टिक वस्तुको विस्तापित गर्न स्थानीय उत्पादनको प्रबर्द्धनका लागि सचेतता मुलक कार्यक्रम, ढकिया उत्पादन, बजारीकरणका लागि सहजीकरण, सञ्चालन गरेको छ ।

भेनीयर प्लाई उधौगको अवलोकन


घोराहि उपमहानगरपालीका १० खैरामा रहेको भेनीयर प्लाई उधौग दाङको एक ठुलो उधौगका रुपमा परिचीत उधौग हो । यस उधौग ७ हेक्टर जमीनमा रहेको छ । प्लाई फिनीसिंङ्गका ईत्तचार्ज तेज नारायण चौधरीका अनुशार उधौगमा प्लाई र ढोका निर्माण हुने गर्दछन् । उधौगले नेपाल लगाएतर ईन्डीया , बम्बई, दिल्ली लगाएतका देशमा समेत पठाएने गरेको छ । सिमल, उटिस, सल्लो, चिलाउँने र यूकिलिप्टस जस्ता काठ बाट मात्र राम्रो प्लाई र ढोका निर्माण हुने गर्दछन् । पलाई उधौगमा ५० जना काम गर्ने कर्मचारी रहेका छन् ।

अवलोकन पश्चात समापन कार्यक्रममा बोल्ने बक्ताहरुल समग्र रुपमा तुलसीपुर उपमहानगरपालीका हरेक क्षेत्रमा विकसीत भएको बताएका थिए । भौतीक संगसंगै शिक्षा, स्वास्थ्य, उधममा पनि अगाडि रहेको बताएका थिए । सो अवसरमा मेलुङ्ग गाउँपालिका दाेलखाका अध्यक्ष हिरा कुमार तामाङले निवर्तमान मेयर घनश्याम पाण्डे र वर्तमान मेयर टिकाराम खड्काले संचालन गरेको गौरवमय योजनाले तुलसीपुर उपमहानगरपालीकाको विकाश देख्दा उत्कृष्ट नगरपालकाको रुपमा परिचित भएको बताउँनुभयो । यहाँ देखिएका कामहरुको अवलोकन पश्चात आफुले पनि केहि गर्ने सोच बनाएको बताउनुभयो ।

“नेपाल बिकासको सुरुवाती चरणमा छ । विकास ग्रामीण क्षेत्रबाट नै सुरुवात गर्नुपर्ने हुन्छ । यहाँ त्यहि काम भईरहेको छ । काम गर्दा राजनीतीक सहकार्य रहेछ यो नै राम्रो पक्ष हाे । राजनीतीक एकता नहुदा सम्म विकास सम्भव छैन । गरीएका र गर्न खोजीएका योजना कामहरु सह्राहनीय छन् । यँहा बाट सिकेका केहि कुरा आफनो पालीकामा गएर थालनी गर्नेछु ।”–उहाँले भन्नुभयो ।

कार्यक्रममा दोलखा, सर्लाहि, मकवानपुर, काभ्रे, उदयपुर, मोरङ, गोरखा, लमजुङ, कैलाली, बर्दिया, सुर्खेत, नवलपुर, पश्चिम रुकुम, सल्यान र दाङ गरि १५ जिल्लाका स्थानीय पालीकाका प्रमुख, उप–प्रमुख,वन महासंघका प्रतीनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्