तुलसीपुरमा मानव अधिकार तथा शान्ती समाज दाङले आयोजना गरेको अन्र्तराष्टिय सहिष्णेता दिवस १६ नोभेम्वरका सन्दर्भमा सहिष्णुता र सद्भाव सम्बृद्धिको आधार विषयक नागरीक सम्वाद कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । सबै संस्कृतहरू फरक छन्, सबै मानिसहरू फरक छन्,तर मानवताको समुदाय भनेको एकै हो भन्ने कुरा आफु स्वयमले बुझ्न जरुरी रहेको बताए । मानव अधिकारको आधारमा विविधताको अन्त्य गर्दै विभेद र घृणालाई अस्वीकार गर्न सक्यो भने सहिष्णुता दिवसमा गुनासो गरिरहन नपर्ने बताए ।
कार्यक्रममा प्रमुख अतीथी प्रेस सेनानी टिकाराम रेग्मीले सबैले समान अधिकार पाउँनुपर्ने बताउँनुभएको छ । उँहाले भन्नुभयो – “मानव अधिकारको संरक्षण हुनुपर्छ, सबै किसीमका विभेद अन्त्य गर्न,सामाजीक एकता हुन अभियान ने संचालन गर्नुपर्छ। मानव अधिकारको कुरा छैन, यसको संरक्षण गर्ने कुरा छैन । जातजाती, धर्मको विभेद कायम रहेको छ । यसको समाधान नहुदा सम्म सामाजीक एकता हुन सक्दैन । मर्यादित समाजको निर्माण गर्न जरुरी छ । मान्छेमा हुने शिंसात्मक प्रवृत्तिको अन्त्य गर्दै विश्व सहिष्णुताको कायम गरौँ ।”
सो अवसरमा उच्च अदालत वारका उपसभापती श्रीराम चौधरी, दलीत नागरीक समाज संयोजक छवी परियार, शान्ती महिला नमुना संसद सभामुख सिमा न्यौपाने, तुलसीपुर चेम्वर अफ कमर्सका अध्यक्ष ॠषिराज भण्डारी, गन्धर्व समाजका शुसील गन्धर्व, जेष्ठ नागरीक लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी, अपांग सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कँडेल, मानवअधिकारकर्मी सुशील वस्नेत, पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी, ओरकका कल्पना चौधरी लगाएतले आ आफनो धारणा राख्नु भएको थियो ।
मानवअधिकार तथा शान्ती समाजका कोषाध्यक्ष निर्मला गौतमको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण सचिव माधव बस्नेतले गर्नुभएको थियो ।