दाङमा यात्रुबहाक बस दुर्घटना,१८ जना घाइते



दाङमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । दाङको घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ख १३८२ नम्बरको यात्रुबहाक बस हेमन्तपुरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शुक्रबार विहान १० बजेतिर दुर्घटनामा परेको उक्त बसमा ३२ यात्रु सवार थिए ।

३२ यात्रु मध्य १८ जना घाईते भएको प्रहरिले जानकारि दिएको छ ।
घाईतेहरुलाई तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएकाे छ । प्रहरीका अनुशार तिब्र गतिका कारण बस दुर्घटनामा परेको हाे ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्