
तुलसीपुरमा अज्ञात समूहको खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ गोदाम घर नजिकै अज्ञात समूहकाे खुकुरी प्रहारबाट तुलसीपुर १८ का १८ वर्षीय बिनोद नेपाली गम्भीर घाइते हुनुभएकाे छ ।
मंगलवार दिउँसो करिब बजेतिर सामान्य विवादका कारण नेपालीमाथि अज्ञात दुई जना व्यक्तिले अचानक खुकुरी आक्रमण गर्दा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो।
ढाडमा खुकुरी प्रहार हुँदा गहिरो चोट लागेका नेपालीलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार

