प्रतिष्ठानको ४ सय बेडको भबनको लागि ९० करोड बजेट



राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ४ सय बेडको नयाँ भबनको लागि ९० करोड बढि बजेट परेको छ ।

आब ०८२/८३ को लागि भबन निर्माणको लागि ७० करोड र गतबर्षको मौज्दात रकम गरेर ९० करोड बजेट बिनियोजन भएको प्रतिष्ठानका रजिस्ट्रार प्रा.श्याम लम्सालले जानकारी दिनुभयो ।
प्रतिष्ठानमा मेसिनरि औजार अनुदान तर्फ १६ करोड ८४ लाख बजेट आएको छ ।

प्रतिष्ठानको चालु खर्चको लागि २५ करोड ६६ लाख र पुजिगत सशर्त अनुदान तर्फ २ करोड ६२ लाख बजेट परेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्