साक्षी सहकारीको नवौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः राकेश बस्नेत



साक्षी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिजौरीको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष दामोदर बस्नेत (राकेश)को अध्यक्षता र बिजौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मुक्तबहादुर ओली (मुकेश)को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।

प्रमुख अतिथि ओलीले सहकारीमा बचतको बानीले आर्थिक सबलता ल्याउने बताउँदै सहकारीलाई सबै सदस्यको साझा संस्था बनाएर अघि बढ्न सुझाव दिनुभयो।

कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरियो। वक्ताहरूले साक्षी सहकारीले छोटो समयमा सदस्यहरूको विश्वास जितेको र निम्नवर्गीय समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।

२०७४ सालमा स्थापना भएको सहकारीमा हाल ९५३ जना शेयर सदस्य रहेका छन्।

तेस्रो अधिवेशनबाट दामोदर बस्नेत (राकेश) पुनः अध्यक्ष निर्विरोध निर्वाचित हुनु भएकाे छ। यस्तेै उपाध्यक्षमा भगवता भट्टराई, सचिव राजन लामिछाने, कोषाध्यक्ष रविन्द्र केसी र सदस्यमा शान्ता पुन, मालता केसी, च्यवन भट्टराई तथा लेखा सुपरिवेक्षण समितिका संयोजकमा शरण जिएम निर्विरोध चयन भएका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्