
दाङको तुलसीपुर कारागारबाट एक सय २४ जना कैदी मंगलबार बेलुकी जेल तोडेर फरार भएका छन्।
कारागारका प्रमुख गिरबहादुर सेजुवालका अनुसार साँझ करिब ५ बजे कारागारको मुख्य गेट नजिकको पर्खाल भत्काएर कैदीहरू भागेका हुन्।
सो समयमा जेन–जीको आन्दोलनसँगै बाहिरको तनावकै बीच भित्र कैदीहरूले समेत हो–हल्ला मच्चाउँदै गेट तोड्ने प्रयास गरेपछि सुरक्षाकर्मीले हवाइ फायर गरेका थिए।
सुरक्षाका लागि नेपाली सेनाका तीनवटा गाडी गेटमा खटाइएका थिए। तर, त्यसको बाबजुद पनि कैदीहरू फरार हुन सफल भएको सेजुवालले जानकारी दिनुभयाे।
एकै ब्लकमा रहेका कुल १७९ कैदीमध्ये १२४ जना भागेका र ५५ जना भने नभागेको कारागार प्रशासनले जनाएको छ।
प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार

