दाङमा लागुऔषधसहित ३ जना पक्राउ




दाङ प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर–७ का पियुस जिसी, तुलसीपुर–६ का एलिक्स केसी र घोराही–१५ बद्धिग्यारेज बस्ने खुम बहादुर खत्री छन्।

असोज २५ गते घोराही–१२ हापुर खोलानजिक सवारी चेकजाँचका क्रममा जिसी र केसीको मोटरसाइकलबाट ४०० ट्रमाडोल क्याप्सुल बरामद भएपछि अनुसन्धान गर्दा ती औषधि खत्रीबाट खरिद गरिएको खुलेको हो। पछि खत्रीलाई समेत पक्राउ गरी उनको घर तलासी गर्दा थप लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट २ मोटरसाइकल र जम्मा १,४४० ट्रमाडोल क्याप्सुल बरामद भएको छ। अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान जारी छ।

 

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्