निष्पक्षता र निर्मयता बिना निर्वाचन प्रक्रिया नाटक मात्र : उपमहासचिव प्रदीप ज्ञवाली



नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले निष्पक्षता र निर्मयता बिना हुने निर्वाचनलाई नाटक मञ्चन मात्र भएको टिप्पणी गर्नु भएको छ । बिहीबार तुलसीपुरमा प्रेस चाैतारीले   आयाेजना गरेकाे पत्रकार सम्मेलनमा  बोल्दै उहाले भन्नुभयो – “यदि लामो समयसम्म चुनाव नहुने र संसद पनि नरहने हो भने, त्यो लोकतन्त्रका लागि गम्भीर जोखिम हो।”

ज्ञवालीले अहिलेको राजनीतिक स्थिरता र लोकतन्त्रको संरक्षणका लागि संविधान संशोधन अपरिहार्य भएको बताउनुभयाे ।
उहाका अनुसार, “संविधान संशोधन अहिलेको रोडम्याप हो।”

ज्ञवालीले हालैको २३/२४ गतेकाे जेनजि आन्दाेलनलाई तीन चरणमा बुझ्नुपर्ने बताउदै आन्दाेलन का सुरुवातीका मागहरु पुर्ण रुपमा जायज रहेकाे बताउनुभयो । देशमा सुशासन कायम गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, र सामाजिक सञ्जालमा अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने  यी मागका साथ सुरु भएको आन्दोलन शान्तिपूर्ण थियो र नेकपा एमाले पनि ती मागहरूसँग सहमत छ।

तर दिउँसो १ बजेपछि विभिन्न तत्वहरूले विद्यार्थीहरूलाई ढाल बनाएर आन्दोलनलाई अराजक बनाएको भन्दै उहाले त्यसप्रति गहिरो दुःख व्यक्त गर्नुभयाे ।  “यसमा नेकपा एमाले दुखी छ। यसको गहिरो अध्ययन र छानबिन हुनुपर्छ। पछिल्ला रेकर्डहरूले यो योजनाबद्ध घटना भएको संकेत गर्छन्,” उहाले भन्नुभयाे ।

“जेनजिहरू, तपाईंहरूको हातमा थमाइएको आगो सिंहदरबार जलाउने भनेर दिइएको आगो होइन, २३/२४ को जेनजि आन्दोलनलाई एउटै रूपमा परिभाषित नगर्नुहोस्। दिउँसो १ बजेसम्मको आन्दोलन जनआन्दोलन हो, त्यसपछिको अपराध हो।”

उहाले  सबै पक्षलाई संयमित रहँदै लोकतान्त्रिक अभ्यास र शान्तिपूर्ण अभिव्यक्तिको बाटोमा रहन आग्रह गर्नु्भयाे ।

चाैतारी दाङका अध्यक्ष सुधासुमन ढकालकाे अध्यक्षतामा भएको कार्यक्रमकाे शहजिकरण सचिव निमु संगम घर्तीले गर्नु भएको थियाे ।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्