
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ को खैरीपुर अस्वार सडकखण्ड अन्तर्गत खैरीपुरस्थित भमके खोलामा पुल निर्माणको शिलन्यास सम्पन्न भएको छ।
वडा अध्यक्ष भिम योगीको पहलमा आर्थीक वर्ष २०८२/०८३ को बजेटबाट करिब सवा एक करोड रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो। पुल निर्माणका लागि आज एक औपचारिक कार्यक्रमबीच शिलन्यास गरिएको छ।
शिलन्यास कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष भिम योगीको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले पुल सिलान्यास गर्नुभयाे ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष विजय बीके तथा वडा नम्बर ८ का वडा अध्यक्ष धर्म ओली विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण वडा नम्बर २ का वडा सचिव सन्तोष न्यौपानेले गर्नुभएको थियो। पुल निर्माण सम्पन्न भएपछि खैरीपुर अस्वार क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा सहजता हुने र समग्र क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

