घोराही उपमहानगरले जित्यो राष्ट्रपति रनिङ शिल्ड




लक्ष्मण बस्नेत

दाङ जिल्ला स्तरिय १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ घोराही उपमहानगरपालिकाले जितेको छ ।

दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा नेपाल सरकार,युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान एवं राष्ट्रिय खेलकुद परिषदको संयोजक्त्वमा बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगितामा २८ स्वर्ण १६ रजत र २६ कास्य गरि जम्मा ७० मेडल हात पार्दै घोराही उपमहानगरले रनिङ शिल्ड जितेको हो । उसले रनिङ शिल्ड र बिजेता ट्रफी हात पार्‍यो ।

तस्तै एक स्वर्णको झिनो अन्तरले पछि परेको साविक बिजेता तुलसिपुर उपमहानगरपालिकाले २७ स्वर्ण,१६ रजत र २६ कास्य पदक सहित जम्मा ६९ मेडलका साथ द्वितिय स्थान हात पार्दै उपबिजेताको ट्रफिमा चित्त बुझाउन बाध्य भयो । लमही नगरपालिका ६ स्वर्ण,९ रजत र ६ कास्य पदका साथ तृतिय हुँदै ट्रफी हात पार्‍यो भने शान्तिनगर २ स्वर्ण,७ रजत र ८ कास्य पदक सहित सान्त्वना स्थान हासिल गर्न सफल भयो ।

यसैबिच प्रतियोगिताको पुरस्कार,बितरण तथा समापन समारोह दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख राकेश परियारको अध्यक्षता तथा प्रदेश खेलकुद परिषद लुम्बिनिका सदस्यसचिब तिरनदाज गौतमको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेको विशिष्ट आतिथ्यमा भएको थियो । सो अवसरमा बिजेता पालिका,उत्कृष्ट खेलाडी र खेलाडिलाई कार्यक्रमका प्रमुख अतिथी,विशिष्ट अतिथी लगाएत अतिथिहरुले शिल्ड, ट्रफी,मेडल प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु मध्य तेक्वान्दो छात्रामा तुलसिपुरका आशिका पुन, छात्रमा घोराहिका किशोर रोकामगर,काराते छात्रमा घोराहिका मनिष घर्तीमगर र छात्रामा घोराहिकै रितु पुन, कवड्डि छात्रामा सबिना खातुन,छात्रमा राप्ती गाउपालिकाका बिनय घर्तिमगर,एथलेटिक्स बिधाको छात्रमा सन्देश रोकामगर,छात्रामा घोराहिकै गरिमा चौधरी,भलिबल छात्रामा घोराहिका शर्मिला डागी, छात्रमा घोराहिकै दिनेश भन्डारी, उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै उसु सान्सौ छात्रमा तुलसिपुरका गणेश बुढा, छात्रामा तुलसिपुरकै जुनिता बिक,थाओलु छात्रामा शान्त्नगरका कन्चन घर्ती, छात्रमा तुलसिपुरका निश्चल केसि उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट सबै लाई ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्