
दाङमा हालसम्म ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र घोराहीका अनुसार देउखुरी क्षेत्रमा करिब ९० प्रतिशत रोपाइँ सकिएको छ भने दाङ उपत्यकामा वर्षाको अभावका कारण करिब ५० प्रतिशत मात्रै रोपाइँ भएको छ।
वरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीका अनुसार सिँचाइ सुविधा भएका क्षेत्रमा रोपाइँ सम्पन्न भए पनि वर्षाको भरमा खेती हुने स्थानमा अझै रोपाइँ बाँकी छ।
जिल्लामा ३७ हजार २२५ हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ। यस वर्ष पनि करिब ७० प्रतिशत क्षेत्रमा आयातित हाइब्रिड धानको बिउ प्रयोग भएको छ भने किसान क्रमशः उन्नत र स्थानीय जातका धानतर्फ पनि आकर्षित हुन थालेका छन्।
प्रकाशित मिति : २०८३ असार ३१ गते बुधवार

