तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८३: १९ बुँदे घोषणापत्र जारी



नेपालमा बोलिने १२४ भाषाको संरक्षण र मातृभाषा पत्रकारिताको विकासका लागि तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८३ ले १९ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ।

काठमाडौंमा सम्पन्न सम्मेलनले मातृभाषामा सूचना पाउने अधिकार सुनिश्चित गर्न विशेष सञ्चार नीति बनाउनुपर्ने, मातृभाषी सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन, अनुदान र प्राविधिक सहयोग दिनुपर्ने माग गरेको छ।

यस्तै, प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको योगदानलाई राज्यस्तरबाट सम्मान गर्दै मातृभाषा पत्रकारिता दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आग्रह गरिएको छ।

घोषणापत्रले एआई तथा डिजिटल प्रविधिमा सबै भाषाको समान पहुँच र जलवायु तथा प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न जोड दिएको छ। साथै, अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सञ्जाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्