राप्ती बहिरा संघको २५ औं स्थापना दिवस सम्पन्न



राप्ती बहिरा संघको २५ औं स्थापना दिवस, रजत जयन्ती तथा बार्षिक साधारण सभा आज बिहिवार तुलसीपुरमा सम्पन्न भएको छ ।

 राप्ती बहिरा संघका अध्यक्ष अजयकुमार शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

“सांकेतिक भाषाका साथमा हामीलाई पनि समावेश गर ” भन्ने मुल नाराका साथ कार्यक्रम शुरु भएको कार्यक्रममा प्रमुख अतिथि मेयर खड्काले सुन्न र बाेल्न नसक्ने ब्यक्तिहरुलाइ शिक्षा ,स्वास्थ्यकाे क्षेत्रमा विशेष प्राथमिक्ताका साथ कार्यक्रम तथा याेजना तय गर्नुपर्ने बताउनुभयाे ।

समाजमा रहेका यी ब्यक्तिहरुले पनि अन्य नागरिक सरह उत्तिकै बाच्न पाउनुपर्ने अधिकार पाउनुपर्ने उहाँको भनाइ थियाे । बहिरा तथा अन्य समुदायका व्यक्तिहरुलाई सरकारी, गैरसरकारी तथा समाजिक संघ संस्थाले आ – आफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले त्यस्ता व्यक्तिहरुलाई ऐन नियमअनुसार सेवा प्रदान गरिने बताउनु भयो  ।  अपांगता भएका व्यक्तिलाई सांकेतिक भाषामा शिक्षा दिन सके प्रतिस्पर्धा गर्न योग्य हुने भन्दै देशभरमै सांकेतिक भाषाको विषय सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा दङ्गिशरण गाउँ पालिकाका अध्यक्ष शम्भु गिरिले अपाङ्गता भएका ब्यक्तिहरुका लागि छुट्टै नीति निर्माण गरि उनिहरुकाे अवस्था अनुशार कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । अपाङ्ग भएपनि सपाङ्ग सरह सामाजिक गतिविधिमा अग्रसर हुने भएकोले हरेक निकायले सहयाेग गर्नुपर्ने बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीले तुलसीपुर उद्योग वाणिज्य संघले बहिरा संघको स्थापना दिवसमा एक छात्र र एक छात्रालाई रु. १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको जानकारी दिनुभयाे । यसका लागि उद्योग वाणिज्य संघले १ लाख ११ हजार १ सय ११ बराबरको अक्षयकोष समेत स्थापना गरेको छ । संघको स्थापना दिवस तथा साधारसभामा उक्त अक्षयकोष मार्फत छात्रछात्रालाई छात्रवृत्ति दिँदै आएको बताउनुभयो । यसका साथै उद्योग वाणिज्यसंघ नवनिर्वाचित अध्यक्ष विनिल केसीले अध्यक्षको तर्फबाट १ लाख १ हजार १ सय ११ अक्षयकोष स्थापना गर्ने घोषणा गरेको उहाले जानकारी गराउनुभयाे ।

साे अवसरमा तुलसीपुर वडा न. १६ का वडा अध्यक्ष शिवानन्द डाङ्गि ,तुलसीपुर महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठ ,दलित नागरिक समाज संयाेजक छवि परियार, दलित सेवा समाज दाङका सचिव सन्ताेष चनारा, सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज सेञ्चुरि , नेपाल पत्रकार महासंघ दाङका सह – सचिव दिप्तिशिखा चाैधरी, स्वास्थ्य शाखाका विष्णु गिरि, नगर स्तरिय अपाङ्ग सञ्जाल उपाध्यक्ष तिलसरा पुन लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियाे ।

साे अवसरमा अपाङ्गता भएका चार जना ब्यक्तिहरुलाई सहायक सामग्री प्रदान गरिएको थियाे । हेमराज खत्री र बाबुराम चाैधरीलाई कृतिम खट्टा र नाेखिराम वि. क र शुकलाल वि.क लाई कृतिम हात प्रदान गरिएको हाे ।

दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग, ठेट नेपालको प्राबिधिक सहयोग, राप्ती बहिरा संघको आयोजनामा कृतिम खुट्टा र हात प्रदान गरिएको थियाे ।

कार्यक्रममा संस्थाको प्रतिवेदन संघकी कार्यकारी निर्देशक प्रतिमा शर्माले प्रस्तुत गर्नु भएको थियो भने दोभाषेमा शिक्षिका स्मृति योगी रहनु भएको थियाे ।

कार्यक्रमको सहजीकरण संघका सचिव डम्बर बहादुर वली र राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष देवा डाँगीले गर्नु भएको थियो ।

यसैबिच, बहिरा संघकाे आर्थिक प्रतिवेदन अनुशार बहिरा तथा शुस्त श्रवण अपांगता भएका बालबालिकाहरुलाइ शिक्षामा पहुँच पुर्याउन मा. वि अश्वारा र तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाकाे समन्वयमा बहिरा बालबालिकालाई आवासिय छात्रनवासकाे ब्यवस्था गरि करिव १ सय २० जनालाई शिक्षा प्रदान गरेकाे छ । यस्तै अपांगता भएका ब्यक्तिहरुलाइ स्वास्थ्य सामग्री वितरण तथा क्षमता विकास तालिम, अभिमुखिकरण कार्यक्रम बहिरा आवासिय छात्रावास संचालन , सहायक सामग्री वितरण, खेललकुद तथा वनभाेज , नेपाली सांकेतिक भाषा तालिम संचालन, समुदायमा आधारित पुन: स्थापना सि. वि. आर कार्यक्रम लगाएतका कार्यक्रम संचालन गर्दै आएकाे छ ।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्