
दिपक वली
गुरुकुल एकेडेमी घोराहीमा प्रि–२ कक्षाका विद्यार्थीहरूको दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ। गुरुकुल एकेडेमी घोराहीका सह प्रधानाध्यापक महेन्द्र पौडेलकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा विद्यार्थिहरूद्वारा विभिन्न सांस्कृतिक र शैक्षिक कार्यक्रम प्रस्तुत गरीएको थियो। विद्यार्थीहरूले नृत्य, नाटक, विज्ञान प्रदर्शनी, योगा र सर्प नाचजस्ता विभिन्न गतिविधिहरू प्रस्तुत गरेर कार्यक्रमलाई थप रंगीन र रोचक बनाएका थिए।
प्रमुख अतिथि डा.उपमा शर्माले दीक्षान्त समारोहमा सम्बोधन गर्दै सबै दिक्षित विद्यार्थीलाई भविष्यमा उज्जवल सफलता प्राप्त गर्ने शुभकामना दिनुभयो। उँहाले भन्नुभयाे -” तपाईंहरूको प्रारम्भिक शिक्षा नै तपाईंको जीवनको सफलता र भविष्यको आधार बन्नेछ ।त्यसको लागि कडा परिश्रम र लगनशीलतासाथ अघि बढ्नुभयो भने कुनै पनि लक्ष्य प्राप्त गर्न सकिन्छ ।”
समारोहमा उपस्थित अभिभावक प्रज्ञा वलीले पनि सबै विद्यार्थिहरूलाई शुभकामना दिँदै विद्यालयको योगदानलाई प्रशंसा गर्नुभएको थियो।
समारोहमा विद्यार्थीहरूको उत्कृष्टता र विद्यालयका शिक्षकीय सेवाको सम्मान गर्नका लागि विभिन्न पुरस्कार र प्रमाणपत्र वितरण पनि गरिएकाे थियाे।
दिक्षान्त कार्यक्रममा मन्टेस्वरी संयोजक लोचना पौडेलले धन्यबाद ज्ञापन गर्नुभएको थियाे ।
मन्टेस्वरी सह संयोजक सुनिता रानी पुनकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको शहजिकरण शिक्षक विबेक देबकोटाले गर्नुभएको थियो । कक्षा प्रि २ का ४७ जना विद्यार्थिहरुलाई आज दिक्षित गरीएको हो ।

