आज कात्तिक २८ गते बुधबारकाे राशिफल



आज २०८१ साल कात्तिक २८ गते बुधबार । सन् २०२४ नोभेम्बर १३ तारिख। कात्तिक शुक्ल पक्षको द्वादशी तिथि।  ज्योतिषाचार्य माधवा शर्मालेले तयार पार्नुभएकाे आजको राशिफल

मेष राशि – साझेदारीमा काम गर्दा सोच बिचार गरेर अगाडि वढ्नु होला । खर्च बढ्ला । संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न होला ।व्यवसायमा सोचे अनुरुप सफलता मिल्ने छैन । मनमा चिन्ता वढ्नेछ । सामान हराउने चोरीहुने हुन सक्छ ।

वृष राशि – सेवामूलक कार्यमा सफलता मिल्ला ।सामाजीक तथा धार्मिक कार्यमा मन जाला । रचनात्मक कार्यमा सरिक भैएला । पारिवारिक सद्भाव वढ्नेछ । विद्यार्थीको लागि आज उपर्युक्त दिन रहेको छ । अरुको भलो गर्नाले सुख प्राप्त हुनेछ ।

मिथुन राशि -नयाँ योजनाहरु वन्नेछन् ।नजिकका आफन्तसंगको भेटघाटमा समय व्यतित होला । प्रतिस्पर्धा विनानै सफलता मिल्नेछ ।दिन प्रेमिल रहनेछ । मनमा हर्ष छाउला ।चिताएका कार्यले पूर्णरुप पाउनेछन् । दिन रमाईलो संग बित्नेछ । सामाजीक कार्यमा रुची वढ्ला ।

कर्कट राशि – आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।रोकिएका कार्यले गति लिनेछन् ।धार्मिक कार्यमा रुची वढ्ला ।व्यवसायिक सफलता मिल्ला । दिन रमाईलो संग बित्नेछ ।स्वास्थ्यमा भने ख्याल राख्नु होला ।

सिंह राशि -बोल्दा विचार गरेर मात्र बोल्नुहोला ।अपजस सहन गर्नुपर्ने दिन रहेको छ । व्यवसायमा अलिक बिचार गरेर लगानि गर्दा उपर्युक्त हुनेछ ।विरोधिहरु सलवलाउनेछन् ।व्यवसायमा सोचेअनुरुप सफलता हुने छैन ।धैर्यताले काम गर्दा उचित हुनेछ ।

कन्या राशि – आआयआरजनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् । व्यवसायवाट मनग्य आम्दानि होला । दिर्घकालिन योजनाले सार्थकता पाउनेछ ।मांगलिक कार्यमा सहभागि हुने दिन रहेको छ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । सोचेअनुरप सफलता प्राप्त हुनेछ ।

तुला राशि – शैक्षिक कार्यमा प्रगति हुनेछ | आर्थिक पक्ष वलियो होला । विद्यार्थीको लागि आज विशेष लाभदायक दिन रहेको छ ।दिन प्रेमिल हुनेछ ।नयाँ कार्यका योजनाहरु बन्नेछन् । आर्थिक पक्षमा सुधार आउला । राजनैतिक सफलता मिल्नेछ ।

बृश्चिक राशि – आज दिन शुभफलदायक रहेको छ । मित्र सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ । आज प्राविधिक क्षेत्रका व्यक्तिलाई वढि फाईदा हुनेछ ।व्यवसायमा केहीँ सफलता मिल्नेछ ।

धनु राशि – पति पत्नि वा प्रेमी प्रेमिका विच मनमुटाव होला । वादविवाद बाट जोगिनुनै उपर्युक्त होला ।काम गर्दा अलिक आत्मल वढाएर गर्नुपर्नेछ ।राजनैतिक कार्यमा सोचेअनुरुप सफलता मिल्ने छैन ।आर्थिक एवं व्यवसायिक पक्षमा सोचेअनुरुप सफलता नमिल्ला ।

मकर राशि – विद्यार्थीका लागि आज दिन शुभफल प्रदायक रहेको छ ।शुभ कार्यको चर्चा चल्नेछ ।सामाजीक सेवामा मन लाग्नेछ । आदर्श व्यक्तिसंग सहकार्य हुन सक्नेछ ।मान मान सम्मान वढ्ला ।शुभ समाचारले मनमा हर्ष छाउला ।रमाईलो यात्रा हुनेछ ।

कुम्भ राशि – शुभ समाचार सुन्न पाईएला ।मान ,प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ ।तपाईको क्षमताको कदर होला ।पारिवारीक सद्भाव वढ्नेछ । व्यवसायिक सफलता मिल्नेछ । चिताएका कार्यले तिव्रता प्राप्त गर्नेछन् ।

मिन राशि – नयाँ नयाँ ठाउँमा लगानि वढाउने अवसर प्राप्त होला ।वाणिको प्रभाव वढ्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।अधुरा कार्यहरु पून: सुचारु हुनेछन् ।व्यवसायले केहीँ फड्को मार्नेछ ।शैक्षिक क्षेत्रमा पनि आज उत्तम फल प्राप्त होला ।हिम्मत बढ्नाले हरेक कार्यमा सहजता हुनेछ ।

वास्तु टिप्स – गेस्ट रुम ( पाउना कक्ष) कता उपर्युक्त हुन्छ ?
जहीले पनि पाउना कक्षलाई बायव्य दिशा उत्तम हुन्छ भन्नाले पश्चिम उत्तरको दिना पाउनाको शयन कक्ष वा वैठक रुम वनाउदा पाहुना खुसि हुने र छोटो समयमै प्रभावित् हुने भन्ने पनि मान्यता रहेको छ ।त्यो रुममा विर्सेर पनि घरमूलि सुत्नु हुदैन ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्