दंगीशरण गाउँपालिकामा कर्मचारी सरुवा र शाखा परिवर्तनप्रति दुई कर्मचारी संगठनले असहमति जनाएका छन् । नेपाल निजामती कर्मचारी संगठन दंगीशरण र नेपाल निजामती कर्मचारी संगठन निजामती ले असहमति जनाएका हुन् । कर्मचारी सरुवा र शाखा परिवर्तन गरेको भन्दै दुई संगठनले १२ वटा बुदा अघि सार्दै उनीहरुले तत्काल निर्णय सच्याउन आग्रह समेत गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठन दंगीशरणका अध्यक्ष लेखनाथ आचार्य र नेपाल निजामती कर्मचारी संगठन निजामती दंगीशरणका अध्यक्ष किरण पोखरेलले कर्मचारी सरुवा तथा शाखा परिवर्तन कार्यलाई तत्काल फिर्ता गर्न आग्रह गर्नुभएको छ । कर्मचारी सरुवा तथा शाखा परिवर्तन गर्दा कर्मचारीसंग छलफल नगरिएको, आत्मसम्मानमा ठेस पु¥याएको, साविककै जिम्मेवारीमा कर्मचारीलाई खटाउनुुपर्ने, सरुवा खारेज हुनुपर्ने, आस्थाका आधारमा कर्मचारीलाई सरुवा तथा शाखा परिवर्तन गर्न नहुने तथा आस्थाकै आधारमा एक आर्थिक बर्षमा पाँच पटक काज सरुवा गर्ने जस्ता ब्यबहार तत्काल बन्द गर्न आग्रह गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन दंगीशरणका अध्यक्ष लेखनाथ आचार्य र नेपाल निजामती कर्मचारी संगठन निजामती दंगीशरणका अध्यक्ष किरण पोखरेलले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेलाई सयुक्त रुपमा ज्ञापन पत्र बुझाउनुभएको हो । मागप्रति बेवास्ता गरिएको अबस्थामा चरणबद्ध आन्दोलन तथा त्यसको नोक्सानी पालिकाले लिनुपर्ने उल्लेख गरिएको छ ।
एक कर्मचारीका अनुशार दंगीशरण गाउँपालिकाका इञ्जिनियर प्रमोद गौतमलाई लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, पालिकाको योजना शाखाका लेखनाथ आचार्यलाई पालिकाकै राजश्व शाखामा, अधिकृत छैठौँ किरण पोखरेललाई न्यायिक समितिमा, महिला बालबालिका शाखाकी चन्द्रा वलीलाई पालिकाको वडा नं।४ को वडा सचिवमा , ४ नम्बरका वडा सचिव प्रमोद गिरीलाई ३ न.को वडा सचिवका रुपमा र ३ नम्बरका वडा सचिव भक्तिराम पाण्डेलाई योजना शाखा प्रमुखमा सुरुवा गरिएको थियो ।
कर्मचारीको कामको जिम्मेवारी हेरेफेर र काज सरुवा गरिदा राजनीतिक पूर्वाग्रह राखिएको आन्दोलनरत कर्मचारीरुको आरोप छ ।