हेमराज धिताल हत्याको अनुसन्धान १२ बर्ष बित्यो, हत्यारा अझै पत्ता लागेन



सुशील बस्नेत

रहस्यमय तरीकाले हत्या गरिएका सञ्चार उद्यमी देवीप्रसाद धिताल हेमराजका हत्याराको खोजी गरेको १२ बर्ष पुगेको छ । हत्याको रहस्य पनि खुलासा हुन सकेको छैन भने हत्यारा समेत पक्राउ हुन अझै सकेको छैन् । २०६७ साल साउन ६ गतेका दिन रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराजको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ हेमनगरमा गोलि हानि एक समूहले हत्या गरेको थियो । हत्याराहरुले अपरान्ह् ५ बजेतिर घेराहाली लखेटदै हत्या गरे, आसपासका मानिसले पनि देखे तर हत्यारालाई पक्राउगर्न प्रहरी असफल छ ।

अपराधको अनुसन्धान,खोजतलास गर्ने र कार्बाहीका लागि प्रक्रिया पुरा गर्ने नेपाल प्रहरीले हत्या भएको एक दुई बर्ष सम्म ९५ प्रतिशत हत्याराको नजिक पुगेको दावी गरेको थियो । जतिजति समय बित्दै जान्छ,९५ प्रतिशत सफलताको नजिक पुगेको प्रहरीको अनुसन्धान त्यहाँ सम्म नपुगि हालसम्म ९९ प्रतिसत वा सत प्रतिसत पुग्न नसक्ने गरि सुन्य सफलतामा रहेको छ ।

२०६७ सालदेखि २०७९ साउनको ६ गते सम्म ब्यबस्था प्रणाली परिवर्तन भयो,सरकारको नेतृत्व परिवर्तन भयो कयौ ऐन कानून परिवर्तन भए,तर हेमराज हत्याको नत रहस्य खुल्यो नत हत्यारा पक्राउ परे । परिवार चिन्तीत छन ,हत्यारालाई चिन्न खोजेका छन् । मात्र जवाफ आउँछ खोजी कार्यलाई तिव्र पारिएको छ । १२ औ स्मृति कार्यक्रममा नेपाल प्रहरीका प्रतिनिधि प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले अझ धैर्य रहन आग्रह गर्नुभयो । १२ बर्ष पछि घटनामा संलग्न भएका अपराधिलाई पक्राउ गर्न सफल भएका कयौ उदाहरण रहेको सुनाउनुभयो । ९५ प्रतिशत नजिक पुगेको ११ बर्ष अघि नेपाल प्रहरीको भनाईलाई दाङ प्रमुख जिल्लाअधिकारी हिरालाल रेग्मीले दोह्याउनुभयो । उहाँले अनुसन्धान नजिक पुगेको छ, प्रमाण पुगेको छ,अनुसन्धानको फाईल बन्द पनि नभएको सुनाउनुभयो । ढुक्क हुनुहोस् यसको सत्य तथ्य बाहिर आउँछ, नेपाल प्रहरी सक्षम छ, तर अनुसन्धानको अन्तिम नतिजा नआउदा सम्म भन्न नमिल्ने प्रमुख जिल्लाअधिकारी रेग्मीले बताउनुभयो ।

देविप्रसाद धिताल हेमराज स्मृति प्रतिष्ठान दाङ, त्रिशिद्धेश्वरी राप्ती यातायता प्रालि लगायतले शुक्रबार तुलसीपुरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागि परिवारका तर्फबाट लेबेन्द्र धितालले घटना संलग्न ब्यक्तिहरुको तत्काल खोजी गरि कारर्बाही गरिदिन सरकारसँग मागगर्नुभयो । प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरियाको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज निर्वतमान संयोजक चन्द्रराज पन्त,त्रिशिदेश्वरी यातायात प्रालिकाअध्यक्ष सुरेश हमालले हत्यारालाई तत्काल कारर्बाहीको मागगर्नुभयो । त्यस क्रममा बिगतकाझै यसपालि पनि हत्याराको पहिचान,हत्यारालाई पक्राउ गरि कडा भन्दा कडा कारर्बाही,स्वर्गीय धिताललाई शहिद घोषणा,यस क्षेत्रको शान्ति सुरक्षालाई थप मजुबुत बनाउन ६ बुँदे माग सहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहलाई बुझाएको छ ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्