“पार्टीलाई व्यवस्थित बनाउन नेता-कार्यकर्तालाई एकजुट हुन नेकपा एमालेका नेता नरुलाल चौधरीको आग्रह”



नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा दाङ ईन्चार्ज नरुलाल चौधरीले पार्टीलाई ब्यबस्थित गर्नका लागि सम्पुर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा एमाले बबई गाउँ कमिटीको पुर्ण बैठकलाई सम्बोधन गर्दै ईन्चार्ज चौधरीले यस्तो बताउनुभएको हो ।

राम्रो पार्टी बनाउन सदस्यता बितरण कार्यमा ध्यान दिनुपर्ने भन्दै यसमा ध्यान दिन नसक्दा निर्वाचनमा कमजोर हुने बताउनुभयो । सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा पार्टी लागेको भन्दै सरकार मार्फत यसको लक्ष्य हासिल गरिने बताउनुभयो ।

देशमा अहिले ठुला दल मिलेर सरकार सन्चालन गरेको भन्दै यसमा धेरै अचम्म मान्नु पर्ने बताउनुभयो । बर्तमान सरकार गठन भए पश्चात् केही नया आशा पलाएको भन्दै भबिष्यमा देशले काचुली फेर्ने बताउनुभयो ।

पार्टी ब्यबस्थित गर्न ग्रामीण तहमा रहेका नेता कार्यकर्ताले ठूलो भुमिका खेल्ने बताउनुभयो । त्यसका लागि बैठक, छलफल, सभा अनि अधिबेशन नियमित हुनुपर्ने बताउनुभयो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य घनश्याम पाण्डे, लेखा आयोगका केन्द्रीय सदस्य साबित्रा बिश्वकर्मा, जिल्ला अध्यक्ष शिबकुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, सचिब श्याम डाङ्गी, उपसचिव भुबनेश्वर पौडेल, जिल्ला कमिटीका सदस्य, गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्