तुलसीपुरमा अन्तर कलेज स्तरिय पुरुष भलिबल प्रतियाेगिता सुरु

शिदेश्वरी,अरनिको र मुसिकोटको बिजयी सुरुवात


No description available.

लक्ष्मण बस्नेत

दाङको तुलसिपुरमा आज देखि अन्तर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियाेगिता २०७९ सुरु भएको छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङकाे आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिता तथा प्रशिक्षण केन्द्रको पुर्व सिंचाई मन्त्री एवं नेपाली काग्रेसका केन्द्रिय सदस्य दिपक गिरिले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी गिरिले खेलकुदको विकास स्थानिय स्तरबाटै हुनु पर्ने बताउनु भएको छ । मावन समाज र अनुशासन को मुख्य मेरुदण्ड खेलकुद हो यसको बिकास स्थानिय स्तरमै हुनुपर्छ अव स्थानिय तह पनि सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ गिरिले भन्नुभयो । एउटा पुर्व खेलाडीको अनुभव सेयर गर्नु भएका गिरिले खेल बिकासमा आफू लागि पर्ने बताउनु भयो । कार्यक्रमका बिशिस्ट अतिथी लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराईले खेलकुदको बिकासमा स्थानिय सरकार गम्भीर नभएको बताउनु भएको छ । निजि क्षेत्र खेलकुद क्षेत्रमा लगानी गर्न इच्छुक भइराहदा स्थानिय निकायले खेल क्षेत्रलाई हेर्ने दृष्टीकोण फराकिलो बनाउन नसकेको बताउनु भयो । अब खेलकुदमा स्पष्ट लगानीको खाँचो छ, स्थानिय तहको खेलकुद हेर्ने स्थानिय सरकार नै हो यसर्थ यथेष्ट बजेट छुट्याएर खेल बिकासमा जुट्न आग्रह गर्नु भयो ।

प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसिपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष दुजमान भण्डारी, दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्य,लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । राप्ती किङ प्रशिक्षण केन्द्रका सल्लाहकार केदार राज श्रेष्ठको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

यसैबिच प्रशिक्षण केन्द्रको आफ्नै खेल मैदानमा संचालित प्रतियोगिताको आज पहिलो दिन अरनिको माबी रोल्पा,शिदेश्वरी माबी रुपन्देही र मुसिकोट बहुमुखी क्याम्पस कलङ्गाले बिजयी सुरुवात गरेका छ्न । यस्तै प्रतियोगिता अन्तरगत भोलि बुधबार बिहान ७ बजे न्यु होराईजन रुपन्देही र जनश्रम माबी खाद्रे भिड्नेछन् । भने दोश्रो खेल भिमसेन माबी र गोरखा माबी ब्लु बिच हुनेछ । नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ,बाके,रुपन्देही,रुकुम पश्चिम,सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष राना ले जानकारी दिनु भएको छ ।

प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ । जस अनुसार सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्