विरेन्द्र मा.वि. हेकुलीको विधालय ब्यवस्थापन समितीको अध्यक्षमा चौधरी



दंगीशरण गाउँपालिका वडा न. ३ स्थित श्री विरेन्द्र मा.वि. हेकुलीको विधालय ब्यवस्थापन समितीको अध्यक्षमा ओम नारायण चौधरी सर्वसम्मत रुपमा चयन भएका छन् । विधालयमा आज सम्पन्न भएको अभिभावक भेलाले चौधरीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । नव निर्वाचित चौधरी विधालयका संस्थापक स्व.धरणिधर चौधरीका छोरा हुन् । उनी सामाजिक कार्यमा सक्रिय युवा नेता हुन् ।

यस्तै सदस्यहरुमा गोविन्द आचार्य, खडक विर चौधरी, सिता डांगी, लालमती सुनार, शिक्षक प्रतीनिधि सदस्य दिनेश कुमार रेग्मी , वडा प्रतिनिधि सदस्य सुकलाल चौधरी र सदस्य सचिवमा विधालयका प्रधानाध्यापक खिम राज खनाल चयन भएका छन् ।

भेलाका अध्यक्ष गोविन्द प्रशाद आचार्यको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्