दंगीशरण गाउँपालिका वडा न.६ स्थीत प्राथमिक स्वास्थ्यकेन्द्र श्रीगाउँमा निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका तथा राप्तीलाइफ केयर हस्पिटल तुलसीपुर ७ मोतीपुर दाङको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको हो ।
शिवीरमा वरीष्ठ फिजिसियन डा.मुक्ती थापा,हाडजोर्नि तथा नसा रोग विशेषज्ञ डा.ओम अर्याल,नसा तथा हाडजोर्नि रोग विशेषज्ञ निभाष शर्मा, बालरोग विशेषज्ञ डा.श्रीधर खनालद्वारा चेकजाच गरिइएको थियो । शिवीरमा २ सय ४४ जनाले शिवीरबाट सेवा लिएका थिए । शिवीरमा बिरामिहरुलाइ नि ःशुल्क औषधि प्रदान गरीएको स्वास्थ्य शाखा प्रमुख प्रदिप योगीले जानकारी दिनुभयो।
प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार