उपप्रमुख स्यानी चौधरी द्धारा एयरपोर्ट लगाएत विभीन्न योजनाको अनुगमन

एयरपोर्टको काम छिट्टै थालनी हुने


No description available.

टरीगाउँ विमानस्थल विस्तारका लागि तुलसीपुर उपमहानगरपालीकाका उप प्रमुख स्यानी चौधरी सहितको टोलीले अनुगमन गरेको छ । शनीवार अनुगमन गर्दै उपप्रमुख स्यानी चौधरीले सोमवारदेखी कामहरु अगाडि बढाउँने जानकारी दिनुभयो । शुरुका दिनहरुमा यएरपोर्टमा रहेको झार जंगलहरु फडानी गरिने बताउँदै यँहाका स्थानीय लगाएत आम नागरीकहरुको साथ र सहयोगको आवश्यक्ता रहेको भन्दै सहयोग गर्न आग्रह गर्नुभयो । उपप्रमुख चौधरीले भन्नुभयो “एयरपोर्ट छिट्टै संचालनमा ल्याउँनका लागि यहाँका जनताहरुको साथ सहयोग हुनुपर्छ, बाकि काम हामी बिभीन्न तह र तप्कामा रहेकाहरुले गछौँ ।”

No description available.

No description available.
यस्तै टरीगाउँ विमानस्थल विस्तार समितीका संयोजक समेत रहेकि उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा बैठक बसेको छ । बैठकले एयपोर्ट विस्तारका लागि रणवयमा पर्ने रुखहरु ब्यवस्थापन गर्ने, रणवय देखि पूर्वतीरको खोलसामा कम्तीमा तीन चार ठाउँमा तटबन्धन गर्ने, हालको रणवयको पूर्व पश्चिममा रहेको रणवयको लेवल देखि माथीतीरको माटो ढिस्कोलाई उक्त रणवयको दक्षीणतीर फिलीङ गर्ने, लगाएतका निर्णयहरु गरेको छ ।

No description available.
बैठकमा वडा न. १२ का वडा अध्यक्ष खुसीराम चौधरी, वडा सदस्य शेषमणी भण्डारी, कार्यपालीका सदस्य तुलाराम नेपाली, वडा सदस्य यमराज के.सी., सपना भण्डारी बस्नेत लगाएतको उपस्थिती रहेको थियो ।
यसैबिच, उपप्रमुख चौधरीले एयरपोर्टमा बन्दै गरेको आयल निगमको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा काममा ढिलाई भएको भन्दै आयल निगमका प्रमुख विपीन कुमार श्रेष्ठलाई काम छिटो छरीतो सम्पन्न गर्न आग्रह गर्नुभयो ।

No description available.
यस्तै यएरपोर्टमा बन्दै गरेको टावर र नगरपालीकाको योजनाबाट निर्माण हुदैँ गरेको सौचालयको समेत अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा सौचालय गुणस्तरीय बनाउँन आग्रह गर्नुभयो ।

No description available.

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्