दंगीशरण गाउापालिका वडा न. ५ ले थारु समुदायको माघ पर्वका अवसरमा दंगीशरण मघौटा म्याला सम्पन्न गरेको छ । थारु समुदायको ठुलो पर्व माघ नजीकिए सगैं वडामा शनीवार मघौटा म्याला कार्यक्रमको आयोजना गरेको हो । दंगीशरण गाउँपालिकामा थारु समुायको बाहुल्यता भएको पालीकाको रुपमा रहेकाले माघ महोत्सव तथा मघौटा म्याला संचालन हुदै आएका छन् । थारु समुदायको सस्ंकृती रहनसहनलाई संरक्षण गर्ने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रममा थारु मघौटा नाच प्रश्तुत गरिएको थियो । नाचमा भाग लीएका थारु कलाकारहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतीथी लुम्बीनी प्रदेश सभा सदस्य धन बहादुर मास्कीले थारु सस्ंकार र सस्ंकृतीभित्र धेरै महत्वपुर्ण कुराहरु भएकाले यसको संरक्षणमा आजका युवाहरु लाग्न जरुरी रहेको बताउँनुभयो । संस्कार सस्ंकृती समय परिवर्तन संगै हराउँदै जाने होईन यसलाई पुस्तानानतरण गर्नुपर्छ अनी मात्र हामी सस्ंकृतीको नाम धनी हुन्छौँ मास्केले भन्नुभयो । उहाँले हरेक जातजाती भित्र पनि थारु जातीको सस्ंकार र सभ्यताको प्रवद्र्धन गर्न तर्फ लागेमा यसलाई ब्यवसायीक तरीकाले अगाडि बढाउँन सकिने बताउँनुभयो । यस्तै दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरिले थारु समुदायको संग आफु नजीक बाट परिचित भएको भन्दै दंगीशरणका थारु समुदायको हितका लागि सधेँ आफुले काम गर्ने बताउँनुभयो । थारु समुदायलाई सास्ंकृती आर्थीक क्षेत्रमा सवल बनाउँनका लागि थारु समुदायका हितका लागि काम गर्न पछि नहट्ने प्रतिवद्धता जनाउँनुभयो ।
मघौटा म्यालाकि संयोजक ममता चोधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष निरज वस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थिउो । वडा सदस्य मञ्जु वि.क.को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण वडा सचिव प्रेम चौधरीले गर्नुभएको थियो ।