रेडियो नेपालकि वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन



No description available.

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी ताम्राकार निडर र हक्की स्वभावकी थिइन् ।

लामो समयसम्म रेडियो नेपालमा काम गरेकी उनको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ । ताम्राकार केही समयअघि उज्यालोले प्रसारण गर्ने कोरोना क्याप्सुलको प्रस्तोता समेत थिइन । उनको आज दाहसंस्कार गरिने जनाइएको छ। रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवम् समाचार वाचिका, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो ।

उपचारका क्रममा उनको निधन भएको परिवारका सदस्यले बताएका छन् । २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गरेकी थिइन ।

प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्