आज रामनवमी पर्व चैते दसैं मनाइँदै



चैते दशैं तथा रामनवमी काे हार्दिक मंगलमय सुभकामना || Chaite Dashain and Ram Nawami || Wishes Video - YouTube

नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउँने परम्परा छ । असुर शक्तिमाथी दैवीशक्तिको जित तथा असत्य माथि सत्यको विजयका रुपमा लिईने दशैको नेपाली समाजमा बेग्लै महत्व रहदै आएको छ ।

वर्षमा दुईपटक चैत र असोजमा मनाईने दशैका अवसरमा गरिने दुर्गा पूजाको महत्व शास्त्रमा समेत विशेष उल्लेख भएको पाइन्छ । समाजमा चैते दसैलाई असोजमा मनाइने बडादसैं भन्दा कम महत्वको दिने गरिएको भएपनि देवी देवताका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने, मान्यजनबाट टिका ग्रहण गर्ने परम्परा भने यस दशैमा पनि रही आएको छ ।

ज्योतिष शास्त्रअनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्ण पक्ष भनेको राति हो । यी सबै किसिमका दशैंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ । कालरात्रि पूजाबाहेक अरू सबै पूजा दिउँसोमा हुनुको संकेत पनि यी सबै उज्यालोको संकेत हो भन्ने मानिन्छ ।

चैते दसैंको दिन दाङको अ्म्बेकेस्वरि,सितलपुर,सल्यानको छाया क्षेत्र, खैराबाङ्ग, काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थानका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी लगायत देश भरीकै शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्