वजेट योजना तर्जुमा कसरी गर्ने ? महिला जनप्रतीनिधि अझै अन्यौलमा

दलीत महिला जनप्रतीनिधिहरुका लागि बजेट र योजना निर्माण प्रक्रिया सम्बन्धि दुई दिने तालिम दंगीशणमा शुरु


No description available.

स्थानीय तहमा जनप्रतीनीधिहरु आएको ठिक एक वर्ष पुगेको छ । एक वर्ष पुग्नै लाग्दा वजेट कसरी निर्धारण गर्ने अझै पनी जनप्रतीनिधिहरु अन्यौलमा छन् । कार्यकाल एक वर्ष वितीसक्दा समेत योजना प्रक्रिया निती निर्माणका विषयमा कुनै जानकारी नहुँदा काम गर्न असहज भएको उनीहरुको अनुभव छ ।

No description available.
कार्यक्रममा उपस्थित जनप्रतीनिधि महिलाहरु आफुहरुलाई वजेट निर्धारण, कार्ययोजना, निती निर्माणका विषयमा कुनै जानकारी नहुँदा आफुहरुलाई समस्या हुने गरेको बताए । दंगीशरण गाउँपालिकामा आज दलीत महिला जनप्रतीनिधिहरुका लागि बजेट र योजना निर्माण प्रक्रिया सम्बन्धि दुई दिने तालिममा सहभागि दलीत महिला जनप्रतीनिधि महिलाहरुले यस्तो बताएका हुन् । अध्यक्ष मात्र नभई सदस्यहरुको पनी उत्तीकै जिम्मेवार हुन्छ भन्ने कुरा सिकेपनी आफुले त्यस्तो महशुस गर्न नपाएको बताए । योजना अनुशार वजेट निर्धारण गर्नुपर्ने, थोरै वजेटले पनि विकास धेरै गर्न सकिन्छ , योजनाका काम सबैलाई बाडफाड गरेपनि कोहिलाई धेरै कोहिलाई थोरै जिम्मेवार दिने भएका कारण वडा सदस्य महिला जनप्रतीनिधिहरु यस कुरामा अनविज्ञ रहेको उनीहरुको ठहर थियो । महिलाहरु योजना बनाउँने कुरामा धेरै पछि रहेको र कुनै पनि कुरा सुनुवाई नहुने गरेको उनीहरुले अनुभव सुनाए ।

No description available.
तालीममा प्रशिक्षक नवराज लामिछानेले स्थानीय तहको वार्षिक योजना र वजेट तर्जुमा ः पुर्व तयारी, स्रोत अनुगमन तथा बजेट सिमा निर्धारण, वजेट तर्जुमाका आधारहरु, वार्षिक योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने कुराहरु, स्थानीय राजश्व परामर्श समितिको काम, कर्तब्य र अधिकार, स्थानीय राजश्व परामर्श समितिले ध्यान दिनुपर्ने कुराहरु, स्थानीय तहले लगाउँन पाउँने कर तथा गैर करको विवरण, वजेट सिमा निर्धारण गर्दा प्राथमिक्तामा राख्नुपर्ने कुराहरु लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षक लामिछानेले विकास संगा भोट साटेर आएकाले आत्तीएर भन्दा पनि अवसर खोजेर विकास निर्माणमा लाग्न सुझाव दिनुभयो । राजश्व संकलनमा ध्यान दिई जनतासंग जोडिएका कार्यहरुलाई प्राथमिक्तामा राखि टुक्रे योजना नगर्न सुझाव दिनुभयो ।

No description available.
तालीममा प्रशिक्षक नानीमैया वलीले योजना तर्जुमा कसले गर्ने, योजना कस्तो कसरी बनाउँने ?, यसको आवश्यक्ता, आधार, प्रक्रिया र प्रकार, नेपालमा विकास योजनाको विकास क्रम, योजनाको चक्र, प्रभावकारी कसरी बनाउँने, आवश्यक्ता पहिचान, योजना तर्जुमा कार्यान्वयन, अनुगमण सुपरिवेषण, समिक्षा, मुल्यांकन सिकाई, योजना तर्जुमाका समस्या लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षक वलीले महिला जनप्रतीनिधिहरु आर्थीक एैन निर्माण गरि महीलाहरुलाई दिईने सिफारीसमा २५ प्रतिशत छुट दिने गरि एैन निर्माण गर्न सुझाव दिनुभयो । उहाँले वजेट निर्माणका क्रममा योजनाको आवश्यक्ता किन छ भन्ने विषयमा जानकारी गराउँनुभएको थियो ।

No description available.

दलीत महिला संघ जिल्ला शाखा दाङको आयोजनामा दुई दिने तालीममा दलीत महिला जनप्रतीनिधिहरुको सहभागिता रहेको छ ।
आजको तालीम उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतीथी शम्भु गिरीले महिला, दलीत, बालबालीकाहरुको हकहितका लागि महिला तथा बालबालीका शाखा अन्र्तगत वजेट विनियोजन गर्दै आएको बताउँनुभयो । सवै वडामा समान वजेट भनदा पनी कुन वडामा दलीत तथा निम्न वर्गका नागरीकहरुको संख्या कती छ ? त्यसको आधारमा आगामी दिनमा वजेट निर्धारण गरिने बताउँनुभयो । पूर्वाधार मात्र नभई अव हरेक नागरीकहरुको स्तर उन्नतीका लागि सामाजीक कार्यलाइृ बढावा दिने बताउँनुभयो । पुर्वाधारले मात्र त्यो ठाउँको नागरीकहरुको न्याय हुदैन, त्यसैले हरेक समस्यालाई समाधान तर्फ लैजादै काम गर्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।

No description available.

कार्यक्रममा वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारी, वडा न. ७ का वडा अध्यक्ष रेशम वलीले अवको चार वर्षमा जनतामुखी काम गर्नुपर्ने भन्दै हरेक वडामा त्यहाको आवश्यक्ताका आधारमा कामहरु अगाडि बढाउँनुपर्ने बताए ।

स्थानीय तहमा ६ हजार भन्दा वढि दलीत महिला जनप्रतीनिधिहरु प्रतिनिधित्व गरिरहेकाले उनीहरुको दलीत महिलाहरुको अर्थपुर्ण सहभागिता हुनुपर्ने, हरेक स्थानीय तहमा दलीतहरुको मुद्धा र समस्यालाई सम्बोधन गर्नुपर्ने, आरक्षण कोटाको ब्यवस्थापन गर्नुपर्ने उद्धेश्यले तालीमको आयोजना गरिएको हो ।

No description available.
दलीत महिला संघ जिल्ला शाखा दाङका अध्यक्ष युवा कराराको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण सस्ंथाका सचिव गंगा विश्वकर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्